काठमाण्डौ । नाडा अटो शोमा गाडीप्रेमीहरुको घुँइचो लागेको छ । शोमाविभिन्न ब्राण्डका गाडीहरु प्रदर्शन गरिएको छ । जसमा ८० प्रतिशत गाडी विद्युतीय सवारी (इभी) छन् । अधिकांशको नजर इभी गाडीमै देखिएको छ ।
पछिल्लो समय सरकारले अटो सेक्टरमा दिएको छुटसँगै बिजुलीको पर्याप्त उपलब्धता र ठूला ब्यापारिक घरानाहरु विद्युतीय गाडीको बिक्रेता बनेका कारण विद्युतीय(इभी) गाडीको आयात केही वर्षयता ह्वात्तै बढ्न थालेको छ । नाडा अटो शोमा पनि अधिकांश अवलोकनकर्ताको नजरमा इभी गाडी नै परेको छ ।
शोमा विभिन्न ब्राण्डका गाडीहरु देखिए पनि जी. मोटर्स प्रालिले भित्र्याएको स्काइवेलका गाडीहरुमा अवलोकनकर्ताको आकर्षण बढेको छ । जी. मोटर्सले स्काइवेलका विभिन्न मोडलका गाडी नेपालमा भित्र्याएको छोटो समयमा नै लोकप्रिय बन्न थालेको छ ।
कम्पनीकाअनुसार नेपालमै सबैभन्दा बढी रेञ्ज दिने इभी गाडी भएकाले स्काइवेलको स्टलमा अवलोकनकर्ताको घुँइचो लागेको छ । विद्युतीय एसयुभीमा पनि प्रिमियम सेगमेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराएकाले स्काइवेल ब्राण्डका गाडीहरुमा उपभोक्ताहरुको आकर्षण बढेको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले बताए।
‘स्काइवेलका मोडलहरु हाईफिचर्स भएका गाडी हुन्, यो प्युअर इभी एसयुभी हो । रेञ्जको हिसाबले अन्य ब्राण्डका गाडीहरुको तुलनामा सबैभन्दा बढी ६२० कि.मि. रेञ्ज भएको गाडी हो र ग्राउण्ड क्लियरेन्स पनि हाई छ’ उनले भने, ‘साथै इभी गाडीमा जुन कम्फर्ट पाउनुपर्ने हो, त्यो स्काइवेलका गाडीमा पाउन सकिनेछ ।’
साथै स्काइवेलका आफ्नै ब्याट्रि प्याक भएकाले पनि यसमा उपभोक्ताको आकर्षण बढेको गेलालले बताए । ‘उपभोक्ताहरुले इभी गाडीमा जुन खालको सहजता खोज्नुहुन्छ त्यो स्काइवेलका गाडीमा पाउन सकिनेछ । साथै इभी गाडीमा सबैभन्दा टिकाउ र गुणस्तरीय हुनुपर्ने ब्याट्री समेत स्काइवेलको आफ्नै प्याक रहेको छ’ उनले भने, ‘साथै अन्तर्राष्ट्रिय स्तरमा समेत स्काइवेलका गाडीहरु बिक्री भइरहेको छ । कम्पनीले विभिन्न इलेक्ट्रोनिक ग्रेजुएटहरुमा काम गरिरहेकाले अन्तर्राष्ट्रिय स्तरमा स्काइवेल विश्वसनीय ब्राण्ड हो ।’
नाडा अटो शोमा सहभागी अधिकांश उपभोक्ताहरुले लक्जरी इभी खोजेको र त्यसको लागि स्काइवेलका गाडीहरु नै उत्तम विकल्पको रुपमा अगाडि देखिएको गेलालको दाबी छ । ‘नाडामा आउनुहुने अधिकांशले लक्जरी तथा कम्फर्टेबल इभी गाडी नै खोज्नुहुन्छ, त्यस्ता सबै विशेषता भएको गाडी स्काइवेल नै हुनसक्छ’ उनले भने, ‘लक्जरी इभी खोज्नुहुने र कम्फरटेबल भएका महँगा गाडी चढ्नु हुनेले स्काइवेलका गाडी रुचाउनुभएको छ ।’
साथै नाडा अटो शोलक्षित स्काइवेलका विभिन्न मोडलका गाडीहरुमा कम्पनीले विशेष अफर समेत ल्याएको गेलालले बताए । ‘नाडा अटो शोलाई नै लक्षित गरी हामीले सबै मोडलका गाडी खरिदमा ५ लाख रुपैयाँसम्मको छुट दिएका छौं’ उनले भने, ‘भदौ १६ गतेसम्म चल्ने नाडा अटो शोमा उपभोक्ताहरुले जुनसुकै मोडलको गाडी खरिद गर्न बुकिङ गरेमा ५ लाखको छुट पाउनुहुनेछ ।’
कम्पनीले नाडा अटो शोमा तीनवटा भेरियन्ट प्रदर्शनमा राखेको छ । सबैभन्दा हाई ६२० कि.मि. रेञ्ज भएको इटी ५ र बीइई ११ का दुईवटा भेरियन्ट स्काइवेलले प्रदर्शनमा राखेको छ ।
‘इटी ५ सबैभन्दा हाई रेञ्ज भएको इभी गाडी हो, त्यसकारण पनि यो गाडी सबैको नजरमा पर्न सफल भएको छ’ उनले भने, ‘साथै बीई ११ का दुईवटा भेरियन्टको रेञ्ज पनि ईभी गाडीहरुको तुलनामा उत्कृष्ट नै छ । अहिले अटो सेक्टरमा उपभोक्ताहरुले इभीको फिचर्समा हेर्ने भनेको नै रेञ्ज हो । यसकारण हामी ढुक्कसँग भन्न सक्छौं कि स्काइवेलका गाडीहरु रेञ्जको हिसाबले उत्कृष्ट छन् ।’
बीई११ का दुई भेरियन्ट र ईटी ५ । यी सबै मोडलका गाडी खरिदमा ग्राहकहरुले ५ लाख रुपैयाँसम्म डिस्काउन्ट पाउनेछन् । बीई ११ को रेगुलर प्राइस ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ रहेको छ भने इटी ५ को मूल्य १ करोड ९ लाख रुपैयाँ छ ।
उत्कृष्ट फिसर्च भएका कारण नै स्काइवेलको गाडी खरिदका लागि धमाधम बुकिङ भइरहेको गेलालले बताए । ‘हाई रेञ्जसँगै हाई फिचर्स खोजिरहनुभएका उपभोक्ताहरुले स्काइवेलका गाडी मन पराउनुभएको छ’ उनले भने, ‘नाडा अटो शो लागेको तीन दिनभित्रै स्काइवेलका २६–२७ वटा गाडी बुकिङ भइसकेको छ । नाडा अटो सो अवधिभर स्काइवेलका २ सयभन्दा बढी गाडी बुकिङ हुने अपेक्षा लिएका छौं ।’
स्काइवेलका गाडी नेपालमा सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बन्न थालेको गेलालको भनाई छ । अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड भएकाले पनि नेपालमा यसको लोकप्रियता बढ्दै गएको उनले बताए ।
‘स्काइवेल भनेको आफैंमा विश्वस्तरीय ब्राण्ड हो । अन्तर्राष्ट्रिय स्तरमा पहिचान भएको ब्राण्ड भएकाले उपभोक्ताहरु आफैंले ब्राण्डलाई चिन्नुहुन्छ’ उनले भने, ‘सुरक्षाका आधारमा पनि स्काइवेल वेष्ट नै छ । नेपालको रोडको अवस्था हेरेर स्काइवेल हाई सेफ्टी रेटिङ स्केल भएको ब्राण्ड पनि हो, यसकारण सेफ्टीको हिसाबले पनि यो ब्राण्डमा आकर्षण बढेको हो ।’
प्रदर्शनीमा कम्पनीका तीनवटा मोडलका गाडी सार्वजनिक गरिएका छन् । बीई११ का दुई भेरियन्ट र ईटी ५ । यी सबै मोडलका गाडी खरिदमा ग्राहकहरुले ५ लाख रुपैयाँसम्म डिस्काउन्ट पाउनेछन् । बीई ११ को रेगुलर प्राइस ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ रहेको छ भने इटी ५ को मूल्य १ करोड ९ लाख रुपैयाँ छ ।
स्काइवेल इभी एसयुभी इटी ५ को रेञ्ज ६२० कि.मि. रहेको छ, जुन यो इभी सेक्टरमै सर्वाधिक हो । त्यस्तै, बीई ११ कादुईवटा भेरियन्टमा ५२० कि.मि. रेञ्ज र ४१० कि.मि. रेञ्जका गाडी छन् ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, पोल्याण्ड, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । ५० भन्दा बढी देशमा बिक्रीवितरण भइरहेको उक्त ईभी एसयुभीले उपभोक्ताहरुलाई आरामदायी यात्रा गराउने कम्पनीले जनाएको छ ।
स्काइवेल इटी ५ मा ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी), १५० किलोवाट मोटर क्यापासिटी, ६२० किमी रेञ्ज, अटो पार्किङ, मेट्रीक्स लेजर हेडलाईट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइजप्यानारोमिक सनरुफ र मुनरुफ, लक्जरी २ लेभल फोल्डेबल रियर सिट जस्ता विशेषताहरु रहेका छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                