काठमाण्डौ । नेपालको विद्युतीय सवारीको बजारमा लक्जरिस एसयूभीको परिचय बनाएको स्काईवेलले उद्योगकै नौलो स्किम सार्वजनिक गरेको छ ।
स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी. मोटर्सले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा ‘स्काईवेल ड्राइभ २०२५, नेपाल टू यूरोप’ क्याम्पेन घोषणा गरेको हो ।
एकवर्षअघि मात्र नेपाल भित्रिएको यो लक्जरियस इभी एसयूभीले विजिनेश क्लासमा विशेष परिचय स्थापित गरिसकेको छ । स्काईवेलका इभी एसयूभीहरुप्रतिको बढ्दो आकर्षणलाई अझ व्यापक बनाउने उद्देश्यले जी. मोटर्सले यूरोप भ्रमणको प्याकेज घोषणा गरेको हो ।
यो स्किमअन्तर्गत स्काईवेलका जुनसुकै इभी एसयूभी खरीद गर्ने प्रत्येक ग्राहकको जोडीलाई ६ रात, ७ दिनको फ्रान्स भ्रमणको अवसर उपलब्ध हुनेछ । जोडी नहुनेहरुले आफूबाहेक रोजेको अरु एकजना आफन्त समेत लैजान पाउनेछन् ।
जी. मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार नेपालमा स्काईवेलका इभी एसयूभी किन्नेहरुलाई फ्रान्समा लगेर पनि एकदिन टेस्ट ड्राइभ गराइनेछ । ‘यसबाट ग्राहकहरुले नेपालमा उपलब्ध र फ्रान्समा उपलब्ध सोही इभीबीचको फरक थाहा पाउनेछन् । ग्लोबल ब्राण्ड भएको हिसाबले स्काईवेलका गाडीहरु हाल विश्वका ६५ भन्दा बढी देशमा उपलब्ध छन् र नेपालमा पाइने तथा यूरोप वा अन्य कुनै पनि देशमा पाइने गाडीको गुणस्तर, विशेषता उस्तै हुन्छ भन्ने कुरा हामी हाम्रा ग्राहकलाई फिल गराउन चाहन्छौं ।’ गेलालले भने–‘पछिल्लो समय इभीप्रति नेगेटिभिटी बढ्दो छ । चीनबाट आयात हुने इभी एसयूभी नेपालका लागि पठाउँदा चाहिँ गुणस्तर घटाएर पठाइन्छ भन्ने गलत भाष्य निर्माण गरिएको छ । यो भ्रमलाई चिर्न समेत हामीले नेपालमा गाडी किन्नेहरुले यूरोपमै गएर पनि टेस्ट ड्राइभ गर्न पाउने अवसर जुराएका हौं ।’
जी. मोटर्सले स्काईवेलको गाडी खरीद गर्नेहरु मात्र नभई टेस्ट ड्राइभ मात्रै गर्नेहरुका लागि समेत यूरोप भ्रमणको अफर सार्वजनिक गरेको छ । ‘यो स्किममा चाहिँ कसैले स्काईवेलको गाडी किन्नै पर्दैन । हाम्रा सोरुमहरुमा आएर टेस्ट ड्राइभ गरेपछि ऊ यूरोप भ्रमणको सम्भावित व्यक्ति हुन्छ ।’ गेलालले भने–‘टेस्ट ड्राइभ गर्नेमध्येबाट एकजना महिला र एकजना पुरुषलाई सित्तैमा यूरोप भ्रमणको अवसर दिइनेछ । गोलाप्रथाबाट यूरोप भ्रमणको अवसर पाउने भाग्यमानीहरुको छनौट गरिनेछ ।’
स्किम सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै गेलालले लक्जरियस प्रडक्ट र अत्याधुनिक फिचर्सले भरिपूर्ण भएका कारण नेपाल भित्र्याइएको एक वर्षमै स्काईवेलको सबैभन्दा प्रिमियम वर्गको ‘इटी फाइभ’ मोडलका ७० भन्दा बढी यूनिट बिक्री भइसकेको जानकारी दिए ।
गत ‘नाडा अटो शो’बाट जी. मोटर्सले स्काईवेलकै ‘बीई ११’ मोडल समेत सार्वजनिक गरेको थियो । यसप्रति समेत ग्राहकको निकै राम्रो चासो, फिडब्याक र आकर्षण रहेको समेत कार्यक्रममा बताइयो ।
स्काईवेलको इटी फाइभ नेपालकै सबैभन्दा बढी ६२० किलोमिटर रेञ्ज दिने प्रिमियम एसयूभी हो । यसको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ ।
यस्तै, ५२० किलोमिटर रेञ्ज दिने बीई ११ को मूल्य ८९ लाख ९० हजार हो भने ४१० किलोमिटर रेञ्ज दिने एसयूभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ रहेको छ । स्काईवेलका इभी एसयूभीहरुको ग्राउण्ड क्लियरेन्स नेपाली माटो र बाटो सुहाउँदो छ । यो ब्राण्डका एसयूभीको ग्राउण्ड क्लियरेन्स १९० एमएम रहेको छ ।
स्काईवेलले आफ्नो नयाँ स्किमअन्तगरत सबै ग्राहकलाई २०२५ मोडलकै इभी एसयूभीहरु उपलब्ध गराइने घोषणा समेत गरेको छ ।
कार्यक्रममा कम्पनीको डाइरेक्टर पारसमणि गेलालले विजिनेश क्लास एसयूभीको रुपमा स्थापित भइरहेको स्काईवेलको इभीहरु खरीद गर्दा ग्राहकको आवश्यकता र लक्जरियस गाडी चढ्ने सपना पूरा हुने प्रष्ट पारे । ‘इभी किन्दा केही ढिलो होस्, तर सोचेर गुणस्तरीय र लक्जरियस नै किन्नुहोस् भन्ने मेरो ग्राहक वर्गमा अनुरोध हो ।’ उनले भने–‘हामीले भित्र्याएका प्रडक्टप्रति आकर्षण बढेसँगै हामीले सर्भिस नेटवर्क विस्तारमा पनि ध्यान दिइरहेका छौं । आफ्टर सेल्स सर्भिसमा पनि हामी फोकस भएका छौं ।’
हाल जी. मोटर्सले केही दिनअघिबाट काठमाण्डौको नक्सालमा लक्जरियस बिक्री कक्ष सञ्चालनमा ल्याइसकेको छ । भक्तपुरको राधे राधे, सुनसरीको इटहरी, विराटनगर, पोखरा, चितवनमा समेत अत्याधुनिक सोरुम सञ्चालनमा ल्याइसकेको छ । यस्तै, इटहरी र भक्तपुरको राधे राधेमा सर्भिस सेन्टर समेत सञ्चालनमा आइसकेको बताइएको छ ।

