शनिबार, श्रावण २,२०८३ 09:00:26
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:00:26
Bizshala
Global IME Bank Limited

आईएमएफले स्वीकृत गर्यो नेपाललाई दिने ४.१३ करोड डलरको विस्तारित ऋण सुविधा

आईएमएफले स्वीकृत गर्यो नेपाललाई दिने ४.१३ करोड डलरको विस्तारित ऋण सुविधा
New Office

काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपाललाई ४ करोड १३ लाख डलरबराबरको विस्तारित ऋण सुविधा (ईसीएफ) प्रदान गर्ने भएको छ । आईएमएफको जुलाई ९ मा बसेको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै ४ करोड १३ लाख डलरबराबरको विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो ।  

यससँगै नेपालले ईसीएफ अन्तर्गत पाउने ऋण सुविधा कुल २४ करोड ७७ लाख डलर पुगेको छ ।  

आइएमएफको सन् २०२२ जनवरी १२ मा बसेको कार्यकारी बोर्डले ईसीएफअन्तर्गत नेपाललाई  ३७ करोड १६ लाख डलर रकम प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। जुन आईएमएफको कोटाको १८० प्रतिशत हुन आउछ । नेपालले हालसम्म ईसीएफअन्तर्गत ३ किस्ता पाईसकेको छ । 

नेपालले कार्यक्रमको कार्यान्वयनबाट राम्रो प्रगति गरेको र यसले आर्थिक गतिविधिमा महामारी र विश्वव्यापी धक्काको प्रभावलाई न्यूनीकरण गर्न, जोखिममा रहेका समूहहरूको संरक्षण गर्न र समष्टिगत आर्थिक र वित्तीय स्थायित्वको संरक्षण गर्न मद्दत गरेको आइएमएफले उल्लेख गरेको छ। कार्यक्रमले नेपालका विकास साझेदारहरूबाट थप वित्तपोषणलाई पनि उत्प्रेरित गर्न मद्दत गरिरहेको छ।

नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल गर्न गत जेठमा अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको थियो ।  कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको थियो ।  

आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।  

जसमध्ये यसअघि नै तेश्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत  ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.