शुक्रबार, कार्तिक २,२०८१ 12:28:03
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 12:28:03
IME remit
Global IME Bank Limited

ब्रोकर न. ३६ का लगानीकर्ताले साउन १ गतेदेखि नयाँ टीएमएस चलाउन पाउने, अन्यले कहिलेबाट?

Hyundai Nepal
ब्रोकर न. ३६ का लगानीकर्ताले साउन १ गतेदेखि नयाँ टीएमएस चलाउन पाउने, अन्यले कहिलेबाट?
Nabil Bank Limited

काठमाण्डौ। डीजी हबले आर्थिक वर्षको साउन महिनादेखि नयाँ टिएमएस लाइभ जाने तयारी गरेको छ। यससँगै चार वर्षभन्दा बढीको रस्साकस्सीपछि अन्नतः लगानीकर्ताहरुले नयाँ टिएमएस चलाउन पाउने निश्चित भएको छ।

Bizshala
Shivam Cement
CG Motors

सबैभन्दा पहिले नयाँ आर्थिक बर्ष साउन १ गतेदेखि सेक्योर्ड सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३६बाट लाइभ जाने तयारी छ। यसकारण यो ब्रोकरका लगानीकर्ताहरुले सबैभन्दा पहिले नयाँ टीएमएस प्रयोग गर्न पाउने छन्।

यस ब्रोकरका सञ्चालक तथा नयाँ टीएसएको नेतृत्व गरिरहेका सन्तोष मैनालीले आगामी साउन १ गतेदेखि आफ्नो ब्रोकरबाट नयाँ टीएमएसको सुरुवात हुने जानकारी दिए। ‘भविष्यमा केही नपरेमा हामी अन्तिम तयारीमा छौ’, मैनालीले भने।  

उनका अनुृसार यस ब्रोकरमा रहेका सबै  ग्राहकहरुलाई इमेल मार्फत युजर आइडी र पासवोड उपलब्ध गराइनेछ। साथै प्रयोग गर्ने तरिका र टिएमएसको  मोबाइल एप लगायत सबै विषयबस्तु ग्राहकहरुलाई इमेलमा नै जानकारी गराइने पनि मैनालीले बताए। 

मैनालीका अनुसार पूरानो टिएमएस चलाएका ग्राहकलाई खासै अप्ठयारो भने हुने छैन्। यस ब्रोकरको सफल परीक्षणपछि दैनिक नयाँ ब्रोकरहरुबाट पनि लाइभ जाने तयारी रहेको छ। आफ्नो सफल परीक्षणपछि अन्य ब्रोकरका लगानीकर्ताहरुले पनि छिट्टै नयाँ टीएमएस पाउने उनले जानकारी दिए।

अहिले नयाँ तथा पुराना गरी ३६ वटा ब्रोकर कम्पनीहरु नयाँ टीएमएसमा जोडिएका छन्। उनले बिजशालासँग भने,‘नयाँ टीएसमएसमा धेरै नयाँ फिचरहरु रहेका छन्। जसमा मोबाइल एपबाट नै सेयर किनबेच गर्न सकिनेछ।’

नयाँ टएिमएसको डेक्सटप भर्जन पनि एड्भान्स रहेको उनको भनाइ छ। बजारमा कारोबार हुँदा नै स्टकहरुको मूभमेन्टदेखि नेप्सेको चार्ट पनि हेर्न सकिने सुविधा समेत उपलब्ध छ। अब लगानीकर्ताहरुले नेप्सेको चार्ट हेर्न छुट्टै पोर्टलमा जानुपर्ने छैन्। 

एकैपटक मल्टिपल विण्डो पनि खोल्न सकिनेछ। यसका साथै ब्रोकरहरुले टीएमएसबाट नै ब्राण्डिङ पनि गर्न सक्ने छन्। आफ्ना ग्राहकहरुसँग टिएमएसबाट नै कुराकानी पनि गर्न सक्ने छन्।

अहिले चलरिहेको टीएमएसमा बग्रेल्ती समस्या र लगानीकर्ताको असन्तुष्टि देखिएपछि ब्रोकरहरुले आफ्नै टीएमएस ल्याउने प्रक्रिया अगाडि बढाएका थिए। 

२०७७ साल माघ महिनामा नेपाल धतिोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले एपिआई पोलिसी पास गरेर नयाँ टिएमएस ल्याउने ढोका खोलिदिएका थिए। 

प्रक्रिया सुरु भएको ४ वर्ष पूरा भएपछि मात्र नयाँ टिएमएस आउने निश्चित भएको हो।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.