आईतवार, भाद्र २३,२०८१ 08:52:18
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:52:18
IME remit
Global IME Bank Limited

कलंकीमा मःमःको अचारमा गन्धआएपछि बर्गर हाउसलाई महानगरले गर्‍यो जरिवाना

Hyundai Nepal
कलंकीमा मःमःको अचारमा गन्धआएपछि बर्गर हाउसलाई महानगरले गर्‍यो जरिवाना
Nabil Bank Limited

काठमाण्डौ। कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। काठमाण्डौ महानगरपालिकाले मःमःको अचारमा गन्धआएपछि बर्गर हाउसलाई २ लाख जरिवाना गरेको हो।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अनलाइनबाट मःमः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि गरेपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारबाही गरिएको महानगरपालिकाले जनाएको छ।

यस्तै,महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

घटनाका बारेमा वर्गर हाउसलाई जानकारी दिँदा पनि दोस्रो पटक गन्ध आएको अचार पठाएको बताएइएको छ। 

ग्राहकले अचारमा गन्ध आएको भनेपछि वर्गर हाउसका सञ्चालकलाई पनि बोलाइएको थियो।

उजुरीको छानबिनका लागि कार्यालयमै बोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले मः मः को अचारमा गन्ध आएको स्वीकार गर्दै भने, ‘तयार पार्ने बित्तिकै फ्रिजमा राख्नुपर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको हो।’

महानगरपालिकाका अनुसार चमेना गृहबाट बिक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताहरुबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको र यसरी दिइएको निर्देशनको  पूर्ण पालना नगरेपछि कारबाही गरिएको हो।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X