बिहीबार, श्रावण २८,२०८३ 04:01:52
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 04:01:52
Bizshala
Global IME Bank Limited

लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरबीच शैक्षिक सहकार्य

Prabhu Bank Limited
लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरबीच शैक्षिक सहकार्य
New Office

काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरपालिकाबीच शैक्षिक सहकार्यको सहमति भएको छ । दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले फाउण्डेसन र धनगढी उपमहानगरबिच शैक्षिक सहकार्यको सहमति भएको हो ।  

सहकार्य सम्बन्धी सम्झौता पत्रमा लर्डवुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले हस्ताक्षर गरे ।

विद्यार्थीलाई नेपालमा उपलब्ध व्यावसायिक मार्ग पहिचान सहित सुनिश्चित भविष्यका लागि करिअरको निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ । साथै, उनीहरूलाई भविष्यको लागि मार्ग दर्शन र बहु आयामिक क्षेत्रमा अन्तर्दृष्टि प्रदान गर्दै,  मुलुकभित्रै शिक्षा र रोजगारीका सम्भावनाबारे जानकारी प्रदान गरिने, सहमति पत्रमा उल्लेख छ ।

यो कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्दै, बृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको छ । तालिमले नवीनतम प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण क्लाउड कम्प्युटिङ लगायत विभिन्न क्षेत्र समेट्नेछ । धनगढी उपमहानगरभित्रका युवाहरूलाई सूचना प्रविधियुक्त बनाउन लर्डबुद्ध एजुकेशन फाउण्डेसनसँग शैक्षिक सहकार्य गर्न लागिएको मेयर हमालले बताए ।

सहमतिअनुसार, अबदेखि धनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा कक्षा १२ सकेका २ जना विद्यार्थीले विद्यापीठमा बीएससी आईटी तहमा निःशुल्क पढ्न पाउने छन् । ३ जनाले ल्याब फी र ट्युसन फी तथा ३ जनाले ट्युसन फीमा पूर्ण छात्रवृत्ति पाउनेछन्। धनगढी उपमहानगरकै सिफारिसमा, अरू योग्य विद्यार्थीले न्याशनल आइ।सी।टी स्कलरसिपका साथै अरू अवसर पनि पाउने गरी सहमति भएको फाउण्डेसनका अध्यक्ष पङ्कज जालानले बताउनुभयो । विद्यार्थीलाई पढ्दै कमाउँदै नीति अन्तर्गत फाउण्डेसनले विभिन्न क्रियाकलाप गर्दै आएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.