आईतवार, फाल्गुन ११,२०८१ 11:33:22
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:33:22
IME remit
Global IME Bank Limited

बुल मार्केट भनेको के हो ? लगानीका कस्ता रणनीति अपनाउँदा हुन्छ अधिक लाभ ?

Hyundai Nepal
बुल मार्केट भनेको के हो ? लगानीका कस्ता रणनीति अपनाउँदा हुन्छ अधिक लाभ ?
Nabil Bank Limited

काठमाण्डौ । वित्तीय जगतमा बुल र बियर सर्वाधिक प्रयोग हुने शब्दावली हुन्। यी शब्दको प्रयोग सेयर बजारमा मात्र नभएर क्रिप्टोकरेन्सी, फोरेक्स मार्केट, बोन्डलगायत अन्य थुप्रै वित्तीय बजारहरूमा हुने गर्छ ।  

सामान्य रुपमा भन्दा बजारमा बुल भन्नाले बढ्दो बजार साथै बियर भन्नाले घट्दो बजारलाई बुझिन्छ। बियर र बुल अर्थात् नेपालीमा भालु र साँढेलाई बजारमा विम्बका रूपमा प्रयोग गरिन्छ। साँढे र भालुबीच लडाइ हुँदा साँढेले आफ्नो सिङले हान्दै अगाडि बढ्ने र भालुले आफू जोगिँदै पछि पर्छ। त्यसैले बढ्दो बजारलाई साँढे अर्थात् ‘बुल मार्केट’ र घट्दो बजारलाई भालु अथवा ‘बियर मार्केट’ भनेर बुझिन्छ।  

लगानीकर्ताले पनि भालु र साँढेले गरेको जस्तै बियरमा राम्रो कम्पनीहरूमा सुरक्षित लगानी गर्छन्। अनि बुल अर्थात् बढ्दो बजारमा जोखिमपूर्ण लगानी गर्छन्।

सेयर बजारमा बुल सुरु भएसँगै कम्पनीको मूल्य निरन्तर बढ्छ। कुनै एक कम्पनी अथवा सेक्टरमात्र नभएर सम्पूर्ण बजार नै बढ्ने गर्छ। बुल मार्केटमा लगानीकर्तामा बजारबाट मुनाफा कमाउने आशा पनि धेरै हुन्छ। बुल मार्केट महिनौसम्म वा वर्षौसम्म पनि कायम रहन सक्छ । सामान्यतया, बुल मार्केट तब हुन्छ जब सेयरको मूल्य प्रत्येक २० प्रतिशतको गिरावटको दुई अवधि पछि पनि २० प्रतिशतले बढ्छ। एकै समयमा, बुल बजारको फाइदा लिन, लगानीकर्ताले धेरै रणनीतिहरू अपनाउछन्, जस्तै खरीद बढाउने, होल्डिङ वा रिट्रेसमेन्ट।

Shivam Cement
CG Motors
Sagarmatha Cement

बुल मार्केट आशावाद, लगानीकर्ताको विश्वास, र बलियो परिणामहरू दीर्घकालीन रूपमा जारी रहने अपेक्षाहरूद्वारा सञ्चालित हुन्छन्। बजारको प्रवृत्ति कहिले बदलिन्छ भनेर अनुमान गर्न गाह्रो हुने गर्छ। बजारमा मनोवैज्ञानिक प्रभाव र अनुमानले कहिलेकाहीँ ठूलो भूमिका खेल्छ। बुल बजार लगानीकर्ताको आत्मविश्वास र बजारप्रतिको सकारात्मक सेन्टीमेन्टमा चल्ने गर्छ । यो लगानीकर्ताको सेन्टीमेन्ट म्याट्रिक्स जस्तै फियर एण्ड ग्रिड इन्डेक्स वा भीआईएक्समा प्रतिबिम्बित हुन्छ ।  

सामान्यतया बियर मार्केटको तुलनामा बुलिस मार्केट लामो समयसम्म चल्ने गर्छ ।  

बुल मार्केटमा लगानी विविधकरण र एसेस्ट्स अलोकेशन महत्वपूर्ण विषय हो । यसलाई सावधानीपूर्वक गर्नुपर्छ । लगानीकर्ताले सोचभन्दा वास्तविक बुल मार्केट सुस्त पनि हुन सक्ने भएकाले बजारको अवस्था चाडै नै परिवर्तन हुन पनि सक्छ । सेयर खरिद गरेपछि कल्यिै पनि माथि मात्रै जान्छ भन्ने कल्पना गर्नु हुदैन । आफूलाई आगामी ५ वर्षका लागि आवश्यक पर्ने नगद सेयर बजारमा लगानी नगर्नु नै उपयुक्त हुन्छ ।  

बजारमा भएका विभिन्न सेक्टरमा लगानी विविधिकरण गरेर लगानी गरियो भने यसले एउटा सेक्टरबाट भएको घाटालाई परिपूर्ति गर्न सहयोग गर्छ ।  

कसरी गर्ने लगानी

ग्रोथ स्कट र सेक्टरमा केन्द्रीत हुने  

बुल मार्केटमा वृद्धि भईरहेका स्टक र सेक्टर पहिचान गरी लगानी गर्नु बुद्धिमानी हुन सक्छ ।  

बाई एण्ड होल्ड

लगानीको सबैभन्दा आधारभूत रणनीति भनेको कुनै कम्पनी विशेषको सेयर खरिद गर्नु र त्यसलाई उचित मूल्य वा आफूले चाहेको प्रतिफल नआउँदासम्म होल्ड गर्नु हो । यसका लागि लगानीकर्तासँग आत्मविश्वास हुन एकदमै आवश्यक हुन्छ । यो रणनीति अपनाउँदा बिक्री गर्ने उपयुक्त समय पहिल्याउनु समेत आवश्यक हुन्छ ।  

रिट्रेसमेन्ट

रिट्रेसमेन्ट भनेको सेयरमूल्यमा आउने सामान्य पुलब्याक अर्थात गिरावट भन्ने बुझिन्छ । सामान्यतया यसलाई प्राविधिक विश्लेषकहरुले सेयरमूल्य विश्लेषण गर्न प्रयोग गर्ने गर्छन ।  

बुल मार्केट पनि सेयरमूल्य सधै एकनाशले बढेको बढ्यै नगर्न सक्छ । कहिलेकाही छोटो अवधिका लागि सेयरमूल्य घट्न समेत सक्छ । यहि घटेको अवस्थामा सेयर उठाउन केहि लगानीकर्ता पर्खेर बसेका हुन्छन् । रिट्रेसमेन्टपश्चात भने सेयरमूल्य पुनःउकालो लाग्ने गर्छ ।  

फुल स्विङ ट्रेडिङ  

यो रणनीति सबैभन्दा धेरै आक्रामक रणनीति हो । बुल मार्केटबाट अधिक लाभ लिन केहि लगानीकर्ताले सर्ट सेल र अन्य यस्तै रणनीति अपनाउने गर्छन् । यसको मुख्य उद्देश्य भनेको बढ्दो बजारबाट जतिसक्दो धेरै रिर्टन लिनु हो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.