काठमाण्डौ। नेपाली कांग्रेस र नेकपा एमाले मिली बनेको नयाँ सरकारले कोरोना बीमाको बक्यौता रकम अघि बढाउने भएको छ। शनिबार सरकारले कोरोना बीमाको बक्यौता रकम भुक्तानी गर्ने बताएको हो।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको र ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको बताए। यसअघि सरकारले कोरोना बीमा बापतको दाबी भुक्तानीका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ।
असार १७ गते राती नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता असार १७ गते राती नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सम्झौता भएको थियो।
सो सम्झौता बमोजिम प्रधानमन्त्री बनेको केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तय भएको छ।
यही मन्त्रीमण्डलमा अर्थ मन्त्रालयको जिम्मेवारी पाएका पौडेलले कोरोना बीमा बापतको बक्यौता रकम भुक्तानी अघि बढाउने जनाएका छन्।
सन् २०१९ देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सम्भावित प्रभावलाई नजर अन्दाज गर्दै बीमा प्राधिकरणले बीमा गरेको थियो।