आईतवार, भाद्र २३,२०८१ 08:48:16
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:48:16
IME remit
Global IME Bank Limited

आज कुन–कुन स्थानमा हुनेछ भारी वर्षा ? यस्तो छ देशभरको मौसम पूर्वानुमान

Hyundai Nepal
आज कुन–कुन स्थानमा हुनेछ भारी वर्षा ? यस्तो छ देशभरको मौसम पूर्वानुमान
Nabil Bank Limited

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।  देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X