काठमाण्डौ। सरकारले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो।
रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन्। मन्त्रिपरिषद बैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।
समितिले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्ने सरकारको सचिवालयले जनाएको छ। समितिलाई ४५ दिनको म्याद दिइएको छ।
यस्तै,दुर्घटनामा परी मृत्यु भएका १८ जनाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।