आईतवार, बैशाख ७,२०८२ 05:55:05
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 05:55:05
IME remit
Global IME Bank Limited

सरकारी खर्च १९.१४% ले घट्यो,यस्तो छ कारण

Hyundai Nepal
सरकारी खर्च १९.१४% ले घट्यो,यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले ८ अर्ब २८ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। सरकारी कर्मचारीले होटेल तथा रेस्टुरेन्टमा हुने कार्यक्रम घटाएको कारण अघिल्लो वर्षको तुलनामा  यस आर्थिक वर्षमा खर्च घटेको हो।

गत आर्थिक वर्षमा सरकारले गरेको खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा १९.१४ प्रतिशतले कम हो। जसमा सरकारले गत आर्थिक वर्ष २०७९/८० मा १० अर्ब २४ करोड रूपैयाँ खर्च गरेको थियो। गत आर्थिक वर्षमा सरकारका विभिन्न कार्यक्रमहरुमा खर्च निकै कम भएको छ। 

Shivam Cement
Bizshala
CG Motors

आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब दुई करोड रूपैयाँ खर्च भएकोमा अहिले जम्मा ३८ करोड रूपैयाँ खर्च भएको बताइएको छ। खास गरी नेपाल सरकारको प्रशासनिक केन्द्र सिंहदरबारभित्र आयोजना गरिने कार्यक्रममा बाहिरबाट लगिने प्याकेज खाजा तथा खाना घटाइनुका साथै होटेलमा हुने कार्यक्रम कम गरिएको कारण यस आर्थिक वर्षमा खर्च कम भएको महालेखा परीक्षकको तथ्याङ्कमा उल्लेख छ। 

त्यस्तै, सरकारी कामको दौरानमा आवश्यक पर्ने मनोरञ्जन, प्रदर्शन, चियापन तथा भोजहरू लगायतमा गरिने खर्चमा पनि कमी आएको छ। यो खर्च अघिल्लो वर्षको तुलनामा २६ करोड रूपैयाँले घटेर १ अर्ब ७८ करोड रूपैयाँ भएको छ। अनुगमन तथा मूल्यांकनको क्रममा हुने खर्च पनि धेरै घटेको बताइएको छ। आर्थिक वर्ष २०७९/८० मा यो खर्च १ खर्ब ७३ करोड भएको थियो। 

आर्थिक वर्ष २०८०/८१ मा भने १ अर्ब १२ करोड रूपैयाँ भएको छ। अनुगमन र मूल्यांकन शीर्षक अन्तर्गत अनुगमन तथा मूल्यांकन कार्य, प्रतिवेदन तयार तथा निरीक्षणमा हुने खर्च अनुगमन गर्ने पदाधिकारी तथा कर्मचारीको दैनिक भ्रमण भत्ता पर्छन्। यसरी गरिने खर्च एकै पटक ६१ करोड रूपैयाँले घटेको छ। छात्रवृत्ति वितरणमा पनि सरकारले उल्लेख्य खर्च घटाएको छ। 

आर्थिक वर्ष २०८०/८१ मा २४ करोड रूपैयाँ मात्रै यस्तो खर्च गरिएको छ। जसमा आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ६२ करोड खर्च गरिएको थियो। छात्रवृत्ति शीर्षकबाट सरकारले सरकारका कर्मचारी तथा विभिन्न शिक्षण संस्थाहरूमा तोकिएका विद्यार्थीलाई दिइने छात्रावृत्ति अन्तर्गतको रकम गणना गरिएको छ। गत वर्ष भ्रमण शीर्षकमा हुने खर्च पनि धेरै घटेको छ। यो खर्चमा मात्रै एक अर्ब २३ करोड रूपैयाँले कमी आएको छ।

आर्थिक वर्ष २०७९/८० मा यो दुई अर्ब ६९ करोड रूपैयाँको भएको थियो। गत वर्ष भने १ अर्ब ४६ करोड खर्च भएको जनाइएको छ। यस आर्थिक वर्षमा खर्च कम हुनुको प्रमुख कारण कर्मचारीको सरुवा कम भएको बताइन्छ। 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.