आईतवार, श्रावण ३१,२०८३ 06:54:36
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 06:54:36
Bizshala
Global IME Bank Limited

मौद्रिक नीतिले उत्साहित बनाएन लगानीकर्तालाई, ‘सोंचेजस्तो आएन’

Prabhu Bank Limited
मौद्रिक नीतिले उत्साहित बनाएन लगानीकर्तालाई, ‘सोंचेजस्तो आएन’
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हरेर आर्थिक वर्ष सकिएपछि म्रौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । शुक्रबार सेयर लगानीकर्ताहरुले ब्यग्र प्रतिक्षा गरेको म्रौद्रिक नीति नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको छ ।  

सत्ता समीकरणमा फेरबदलसँगै आउने मौद्रिक नीतिबाट सेयर लगानीकर्ताहरुले लचक व्यवस्थाको अपेक्षा गरेका थिए । तर आज सार्वजनिक भएको म्रौद्रिक नीतिले सेयर लगानीकर्ताहरुलाई खासै उत्साहित बनाएन ।

CG Motors

नेपाल इन्भेष्टर्स फोरमका उपध्यक्ष राजन लम्सालले म्रौद्रिक नीति लगानीकर्ताको अपेक्षाअनुसार नआएको बताए । उनको विचारमा लगानीकर्ताहरुले खासगरी तीनवटा मुख्य माग राखेका थिए । जसमा पहिलो भनेको व्यक्तिगततर्फको सेयर धितो कर्जाको १५ करोडको क्याप हट्न भन्ने थियो । दोस्रो, संस्थागततर्फको सेयर धितो कर्जाको पनि क्याप हट्ने भन्ने थियो । तेश्रो माग भनेको सेयर धितो कर्जाको जोखिमभार घटोस् भन्ने थियो । ‘आजको म्रौद्रिक नीतिले संस्थागतलाई बाहेक व्यक्तिगततर्फ खासै केही छोएन । यद्यपि संस्थालाई क्याप हटाउने विषय राम्रै हो । विगतभन्दा आशा गर्ने ठाउँ भने मौद्रिक नीतिले बनाइदिएको छ ।’ उनले भने ।

बजार जानकार मुक्ति अर्यालले पनि म्रौद्रिक नीति सेयर लगानीकर्ताका लागि अपेक्षा गरेजस्तो नआएको प्रतिक्रिया दिए । ‘अहिलेसम्मका लागि लचक हो, तर व्यक्तिगत लगानीकर्ताका लागि भने १५ करोडको क्याप नहट्नु भनेको अझै राष्ट्रबैंक बजारमैत्री देखिँदैन भन्ने प्रमाण पनि हो ।’ उनले थपे ।

अर्यालको विचारमा निर्माण व्यवसायी र बैंकका लागि भने म्रौद्रिक नीति लचक भएको उनको तर्क रहेको छ । यद्यपि सबै क्षेत्र चलायमान हुँदा भने सेयर बजार पनि चलयमान हुने अर्यालको आँकलन छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.