आईतवार, श्रावण ४,२०८२ 08:05:59
  • आईतवार, श्रावण ४,२०८२ 08:05:59
Global IME Bank Limited

अर्थशास्त्री पौडेलको नजरमा मौद्रिक नीति–‘दीर्घकालका लागि उत्तम, पूँजीबजारलाई राम्रै गर्छ’

Hyundai Nepal
अर्थशास्त्री पौडेलको नजरमा मौद्रिक नीति–‘दीर्घकालका लागि उत्तम, पूँजीबजारलाई राम्रै गर्छ’
Shivam Cement

काठमाण्डौ । लामो समयदेखि पूँजीबजारमा मौद्रिक नीति निकै चासोका साथ हेरिएको थियो । निजी क्षेत्र र पूँजीबजारले बजेटभन्दा पनि मौद्रिक नीतिलाई चासोको साथ हरेको थियो । मौद्रिक नीतिले प्रत्यक्ष रुपमा निजी क्षेत्र र पूँजीबजारलाई प्रभाव पार्ने भएकाले मौद्रिक नीति सबैको नजरमा परेको थियो । संसारमा नै पूँजी तथा कर्जा परिचालनमा केन्द्रीय बैंकको मुख्य भूमिका रहेको हुन्छ ।  

सेयर लगानीकर्ताहरुले आशा गरेजस्तो मौद्रिक नीति नआएको बताइरहँदा अर्थशास्त्रीहरुले भने मौद्रिक नीति अल्पकालका लागि भन्दा पनि दीर्घकालका लागि राम्रो आएको प्रतिक्रिया दिएका छन् । अर्थशास्त्री सूर्यनारायण पौडेलले आज प्रकाशित भएको मौद्रिक नीति सम्पूर्ण अर्थतन्त्र चलायमान गर्ने गरी आएको बताएका छन् ।  

Muktinath Bikas Bank Limited

‘मौद्रिक नीति समग्र अर्थतन्त्रका लागि सकारात्मक रहेको छ ।’ पौडेल भन्छन्–‘बैंकको ऋण असुलीका लागि समस्या परेका ऋणीका लागि समस्या समधान गर्ने गरी आएको छ । धेरै विषय अझै सर्कुलरबाट प्रष्ट होला । कर्जाको पुनर्संरचनाको विषय पनि रहेको छ । समग्रमा लचिलो मौद्रिक नीति आएको देखिन्छ । सेयर लगानीकर्ताका लागि ठिकै हो । संस्थागत लगानीकर्ताका लागि क्याप हटेको छ । यसले पूँजीबजारलाई राम्रै गर्छ ।’

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.