काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये पाँच वटा शव परिवारले बुझेका छन्। ज्यान गुमाएका १८ जनामध्ये पाँच जनाको शव शुक्रबार परिवारले त्रिवि शिक्षण अस्पतालबाट बुझेका हुन्। अस्पतालका अनुसार सबै शवको पोष्टमार्टम गरिसकिएको छ। जसमा, विमा, क्षतिपूर्तिलगायतको विषय स्पष्ट नभएकाले अधिकांश परिवारले शव बुझ्न नमानेको बताइएको छ।
यस्तै,उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका अस्पताल स्रोतले जनाएको छ।
गत बुधबार बिहान नियमित परीक्षणका लागि सौर्य एयरलाइन्सको जहाज सिआरजे–२००पोखरा लैजाने क्रममा भुइँ छोडेको २० सेकेन्डमै दुर्घटना भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।