काठमाण्डौ। राष्ट्र बैंकले आज ल्याएको लचक मौद्रिक नीतिप्रति पूर्वअर्थमन्त्री जनार्दन शर्माले ब्यङग्य गरेका छन्। सामाजिक सञ्जालमा सेयर बजारसम्बन्धी एक स्टाटस लेख्दैँ शर्माले तत्कालिन समयमा राष्ट्र बैंकले ४/१२ को क्याप लगाएर पूँजीबजारलाई निरुत्साहित गरेको आरोप लगाएका हुन्।
शर्माले ब्यङग्य गर्दै लखेका छन्,‘तत्कालिन समयमा क्याप लगाएर सेयर बजार घटेको पाठ अहिले बैंकले सिके छ। विज्ञताको मर्म अहिले आएर बुझियो। यो कुराप्रति खुशी व्यक्त गर्दै धन्यवाद भन्न चाहन्छु।’
स्मरण रहोस शर्मा अर्थमन्त्री भएको समयमा गभर्नर महाप्रसाद अधिकारीलाई उनले बर्खास्त गरेका थिए। तर पछि सर्वोच्चको अन्तरिम आदेशपछि अधिकारी पु:न नेपाल राष्ट्र बैंकमा फर्किएका थिए।