IME remit
  • बिहीबार, फाल्गुन १,२०८१ 09:39:32
IME remit
Global IME Bank Limited

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली

Hyundai Nepal
माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली
Nabil Bank Limited

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज आइतबार (भदौ २४ गते) बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा राखिएको थियो। 

कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको थियो।

यो आईपीओमा कम्पनीले प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरेको थियो। यसको अर्थ सर्वसाधारणले आईपीओ भर्दा प्रतिकित्ता २०६ रुपैयाँ तिरेका छन्। 

सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको थियो। बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

क्यापिटलका अनुसार कुल १० लाख १६ हजार ७१४ आवेदकबाट १ करोड १० लाख ८९ हजार ५०० कित्ता सेयर माग भएकोमा १ लाख ४१ हजार २९६ आवेदकबाट परेको १६ लाख ३६ हजार २२० कित्ता सेयर रद्द भएको छ। 

प्रमाणित कुल ८ लाख ७५ हजार ८१४ आवेदकमध्ये ८ लाख ७२ हजार ८३७ आवेदकबाट परेको ९४ लाख १७ हजार ८७० कित्ता सेयरमात्रै सदर भएको छ भने बाँकी २ हजार ५८१ आवेदकबाट परेको ३५ हजार ४१० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यस हिसाबले यो आईपीओमा साढे ८ लाख बढीको हात खाली हुने देखिएको छ। 

यस हिसाबले सदर आवेदकमध्ये ७ लाख ५२ हजार ३०५ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनी तथा सीडीएससीको iporesult.cdsc.com.np मा सार्वजनिक गरिनेछ। 

Shivam Cement
Bizshala
CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.