सोमबार, बैशाख ८,२०८२ 03:48:34
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 03:48:34
IME remit
Global IME Bank Limited

ओला इलेक्ट्रिक आईपीओ लगानीकर्ताका लागि खुला हुँदै

Hyundai Nepal
ओला इलेक्ट्रिक आईपीओ लगानीकर्ताका लागि खुला हुँदै
Nabil Bank Limited

काठमाण्डौ। विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी ओलाको आईपीओ आगामी भदौ २ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि खुला हुने भएको छ। यो आईपीओपछि कम्पनीको मूल्याङ्कन ४ अर्ब २ करोडदेखि ४ अर्ब ४ करोड डलरसम्म हुनेछ। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यसमा लगानीकर्ताले भदौ ६ गतेसम्म बोलपत्र गर्न सक्नेछन्।ओलाका संस्थापक भाविश अग्रवालले आइपीओमा ३७.९ मिलियन सेयर बिक्री गर्नेछन्, जुन ड्राफ्ट आइपीओ प्रोस्पेक्टसमा अनुमान गरिएको भन्दा २०% कम छ।

ओलाको अपेक्षित मूल्याङ्कन सेप्टेम्बरमा अघिल्लो फन्डिङ राउन्डको तुलनामा लगभग १८.५५ देखि २२५ कम छ। यो सिंगापुरको लगानी फर्म टेमासेकको नेतृत्वमा थियो र देशको सबैभन्दा ठूलो ई-स्कुटर निर्माता कम्पनीको मूल्य ५.४ अमेरकी बिलियन थियो। यो कम्पनीले अर्को महिना सेयर बजारमा प्रवेश गर्दा यो वर्ष देशकै सबैभन्दा ठूलो आईपीओ हुने जनाएको छ।

ओला हाल घाटामा छ। यसले स्थापना भएको तीन वर्षमा ई-स्कुटरमा ४६% बजार हिस्सा हासिल गरेको छ। भाविश अग्रवालको नेतृत्वमा रहेको विद्युतीय सवारी फर्मले आईपीओमार्फत ५५०० करोड रुपैयाँको नयाँ पुँजी जुटाउने अपेक्षा गरिएको छ। 

यसबाहेक कम्पनीले अफर फर सेल (ओएफएस) मार्फत पनि सेयर जारी गर्नेछ। ओला इलेक्ट्रिकले सुरुमा ६ देखि ७ अर्ब डलरको मुल्यांकन गर्ने लक्ष्य राखेको थियो तर पछि यसलाई घटायो। 

डिसेम्बरमा दायर गरिएको रेड हेरिङ प्रोस्पेक्टसको मस्यौदा अनुसार कम्पनीले ९.५ करोड सेयरको ओएफएस अफर गरिरहेको छ। आजकल, इलेक्ट्रिक टू-व्हीलर कम्पनीहरू दुई पाङ्ग्रे बजारमा धेरै लोकप्रिय छन्। सन् २०२३/२४ मा उनीहरुको बिक्रीमा ३३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

गत आर्थिक वर्षमा प्रत्येक तेस्रो विद्युतीय दुई पाङ्ग्रे ओला इलेक्ट्रिकको थियो। कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ३ लाखभन्दा बढी विद्युतीय दुईपाङ्ग्रे सवारी साधन बिक्री गरेको छ। यो अघिल्लो वर्षको तुलनामा दोब्बरले बढी हो।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.