बिहीबार, मंसिर १०,२०८३ 07:34:08
  • बिहीबार, मंसिर १०,२०८३ 07:34:08
Global IME Bank Limited

लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८१” सम्पन्न

Bizshala
लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८१” सम्पन्न
New Office

काठमाण्डौ। नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाण्डौको हायात होटेलमा सम्पन्न गरेको छ। कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनर्सहरु गरी २०० जनाकोे उपस्थिति रहेको थियो। उक्त कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो। 

CG Motors
Garima Development Bank
IME remit

नेपालभरिबाट कार्यक्रममा सहभागी भएका च्यानल पार्टनरहको न्यानो आतिथ्यबाट सुरु भएको कार्यक्रममा लिट्मसले आफ्ना महत्वपूर्ण कोशेढुङ्गा, भावी योजना साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इको वायर जेड एच्बारे पनि सहभागीहरुलाई विस्तारमा जानकारी गराएको थियो।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देश रोहित गुप्ताले कम्पनीको लभभग पाँच दशकको यात्रा र उपलब्धिहरुबारे विस्तृत रुपमा चर्चा गरेका थिए। कम्पनीका उपाध्यक्षसँगै नेपाल विद्युतीय उत्पादक संघ (निमा) का सचिव समेत रहेका सरोज मिश्राले लिट्मसको सुरुवात, हालको बजार उपस्थितिर कम्पनीको विकासको प्रचुर सम्भावनाबारे कुराहरु राखेका थिए। मिश्राले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रुपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेको कुरामा पनि जोड दिएका थिए।

कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो सुरक्षा र गुणस्तरप्रतिको लगाव र विश्वासलाई कसरी हासिल गरिरहेको र कायम राखिरहेको छ भन्ने कुरालाई पनि प्रष्ट पारेका थिए। सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्वकाङ्क्षी र रणनैतिक भावी योजना अन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’बारे पनि सहभागीलाई जानकारी गराएका थिए। 

यस नयाँ युनिटले कम्पनीको उत्पादन क्षमता वृद्धि गर्दै र गुणस्तरलाई अझ सुदृढ बनाउँदै बजारको बढ्दो मागलाई सम्बोधन गर्ने र बजारमा कम्पनीको अग्रतालाई अझ बलियो बनाउने कम्पनीको भनाइ छ। कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्र्याण्ड, इको वायर जेडएच् र इमर्जिङ् डिलर गरी चार विधामा सर्वोत्कृष्ट हुन सफल भएका डिलरहरुलाई पुरस्कृत पनि गरेको थियो।

पुरस्कारले कम्पनीको सफलता र सम्बृद्धिमा डिलरहरुको महत्वलाई प्रकाश पार्दै लिट्मसले आफ्ना च्यानल पार्टनर्सहरुसँगको गहिरो सम्बन्धलाई सधैं केन्द्रमा राखेको कुरालाई पनि पुष्टि गरेको थियो। कार्यक्रममा बेजोड नृत्य, आकर्षक उपहारको लागि प्रश्नोत्तर, लाइभ ब्यान्ड लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समावेश गरिएको थियो।

लिट्मस पावर पार्टनर्स मिट २०८१ को समापन नेटवर्किङ सेसन, सल्लाह सुझाव आदानप्रदान र उद्योगी व्यवसायीहबीच आगामी दिनमा सहकार्य गर्ने सदभाव र आकाङ्क्षासहित समापन भयो। लिट्मस इन्डस्ट्रिज र व्यवसायी, च्यानलपार्टनर्स, लगानीकर्ता, बैङ्किङ–इन्स्योरेन्स पार्टनर्स लगायत सम्पूर्ण सरोकारवालाहरुबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने र सहकार्य मजबुत हुने अपेक्षा राखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.