काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज कुमारी क्यापिटलको नागपोखरी स्थित कार्यालयमा कम्पनीको एफपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये १५ लाख ६३ हजार ३२२ कित्ता सदर भएको र १ हजार १०१ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।
यसरी कुल सदर १५ लाख ६३ हजार ३२२ आवेदकबाट २ करोड २१ लाख ८ हजार ७१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।
कुल आवेदकमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले ४६ हजार ७२० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको ९.५४५ कित्ता सेयर ९.५४५ जना लाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।
संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।