शनिबार, चैत्र ३०,२०८१ 06:10:22
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:10:22
IME remit
Global IME Bank Limited

नयाँ ईभी मोडल ‘जिकर एक्स’ का साथ नेपालमा डेब्यु गर्दै जिकर, यस्ता छन् आकर्षक फिचर्स

Hyundai Nepal
नयाँ ईभी मोडल ‘जिकर एक्स’ का साथ नेपालमा डेब्यु गर्दै जिकर, यस्ता छन् आकर्षक फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । पायोनियर मोटोकर्प प्रालि नेपाली बजारमा ग्लोबल प्रिमियम इभिब्रान्ड जिकरको जिकर एक्स मोडल सार्वजनिक गर्ने तयारीको अन्तिम चरणमा रहेको छ । जिकर ब्रान्ड, नेपाली बजारमा जिकर एक्स मोडलसहित डेब्यु गर्नेछ । जसमा डुअल–मोटर अल–ह्विल ड्राइभ र सिङ्गल मोटररियर–ह्विल ड्राइभ गरी दुई भेरियन्ट रहेका छन् ।

जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभि हो । जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जिकर एक्सले एक पृथक डिजाइन–शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापना गर्नेमा कम्पनी विश्वस्त छ । 

जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभवर निर्धक्कता प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । सोही कारण नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागिजिकर एक्स एक उत्तम एसयुभि सावित हुने विश्वास कम्पनीको छ ।

Shivam Cement
Bizshala
CG Motors

जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री रहेको छ । जसले सिङ्गल–मोटर, रियर–ह्विल ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० किमीको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ । १५० किलोवाटको डिसि चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसि चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशत चार्जसम्म जम्मा ४ घण्टाभित्र पूरा गर्दछ ।

गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’ जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिनुका साथै सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ । यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश रहेको छ ।

सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि सुनिश्चित गर्दछ र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ । यस अन्तर्गत ७ वटा एयरब्याग, इन्टर्नल एन्टि(कोलिजन बिम, र परिष्कृत सुरक्षा प्रणालीले गाडीमा सवार सबैलाई उच्चस्तरीय सुरक्षा प्रदान गर्दछ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.