काठमाण्डौ। मंगलबार रातभर आएको अविरल वर्षाका कारण बल्खु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ। पानीले बल्खु डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति व्यवसायीहरूले बताएका छन्।
व्यवसायीहरुका अनुसार मंगलबार राति आएको बाढीका कारण ४ करोड मूल्य बराबरको तरकारीमा क्षति भएको छ। जसमा किराना, आलु प्याज, अदुवा, लसुन, तरकारी, फलफूल तथा मसलाजन्य (जिरा, धनियाँ) पसलमा सो मूल्य बराबरको क्षति भएको हो।
धेरैजसो सामान बगाएर लगेको छ भने, बाँकी रहेका सामान पनि पानीले काम नलाग्ने भएका छन्।
किराना पसलमा एक करोड, मसलाजन्य पसलमा २० लाख, तरकारी पसलमा दुई करोड बढी, र फलफूल पसलमा १५ देखि २० लाखको क्षति भएको व्यवसायीको अध्ययनले देखाएको छ।