सोमबार, बैशाख ८,२०८२ 12:14:58
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 12:14:58
IME remit
Global IME Bank Limited

मोबाइल धेरै चलाउने बानी छ ? सावधान ! के के छन् बेफाइदा हेर्नुहोस

Hyundai Nepal
मोबाइल धेरै चलाउने बानी छ ?  सावधान ! के के छन् बेफाइदा हेर्नुहोस
Nabil Bank Limited

काठमाण्डौ। आजको बिज्ञान प्राबिधिक युगमा मोबाइल ल्यापटप जस्ता डिभाइसहरु मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ। मोबाइल फोन हाम्रो जिवनशैली तथा दैनिकीसँग गाँसिइसकेको छ।

आजको दुनियाँमा मोबाइल नचालउने युवा–युवती कमै होलान्। जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

तिव्र सम्पर्कका लागि मोबाइल फोनभन्दा राम्रो विकल्प अरु सायदै होला। तर हरसमय मोबाइल फोनमा व्यस्त रहने बानीले हाम्रो सरीरको स्वास्थ्यसँग सम्बन्धित विभिन्न खाले समस्याहरु निम्त्याउन सक्छ। तपाइँ कत्तिको मोबाइल चलाउनुहुन्छ ? धेरै मोबाइल खेलाइरहने वा पटक पटक मोबाइल हेरिरहने बानी छ भने सावधान हुनुहोस्। मोबाइल अत्यधिक हेर्दा वा प्रयोग गर्दा यस्ता असरहरु पर्न सक्छन हेर्नुहोस :

१. सीधा असर दिमागमा :

अनुसन्धानका अनुसार मोबाइल रेडिएसनको सीधा असर स्मरणशक्तिमा पर्न जान्छ। जसले सर्ट टर्म मेमोरी लसको समस्या निम्त्याउने गर्छ। फोनबाट निस्कने सिग्नलले दिमागको यस्तो भागलाई प्रभावित पार्छ, जसको सम्बन्ध मेमोरी र सिकाइसँग हुन्छ ।यदि बच्चाले मोबाइल या यस्तो प्रकृतिको डिभाइसको बढी प्रयोग गरेमा उसको सिक्ने क्षमतामा कमी आउन थाल्छ। अध्ययन टोलीका प्रमुख प्रोफेसर बेङ्ग्ट अर्नेट्सका अनुसार मोबाइलको रेडिएसनले मानिसको निर्णय गर्ने क्षमतामा ह्रास ल्याउने काम गर्छ । यसकै कारण मोबाइल कम्पनीहरू पनि रेडिएसन कम गर्ने प्रयासमा जुटेका छन्।

२. आखाको ज्योति गुम्ने 

शारीरिक असर पनि त्यतिकै छन्। मोबाइलले आँखामा दबाब सिर्जना गर्छ, उज्यालोलाई लामो समय नजिकबाट हेर्दा दीर्घकालमा आँखाको ज्योति गुम्न वा घट्न सक्छ। 

३. गर्दनको समस्या :

मोबाइलको अत्यधिक प्रयोगले गर्दनको चारैतर्फको छालाको लचकतामा कमी आउने गर्छ । यस्तो समस्याबाट बच्नका लागि गर्दनलाई लामो समयसम्म झुकाएर राख्नु हुँदैन । त्यस्तै, लामो समयसम्म एउटै पोजिसनमा बसेर मोबाइलको प्रयोग पनि गर्नु हुँदैन।

४. जवानमै बूढोपन :

लामो समयसम्म मोबाइलको स्क्रिनबाट निस्कने प्रकाशको सम्पर्कमा रहँदा छालामा ‘हाइपर पिङमेन्टेसन’ हुनुका साथै बूढोपनको समस्या पनि निम्तिन सक्छ। यसले छालालाई क्ष’तिग्र’स्त बनाउँछ। त्यस्तै, यसकै कारण आँखामा रिंकल्सजस्ता समस्या पनि देखिने गर्छ। यस्तो अवस्थाबाट छुटकारा पाउन मोबाइललाई चार्ज गर्दा वा रातमा सुत्दा आफूभन्दा टाढा राख्नुपर्छ।

५. बालाबालिकाको विकासक्रममा बाधा 

स्मार्टफोनको प्रयोगले बच्चाको मानसिक विकासक्रममै बाधा पुग्ने उनको भनाइ छ। मोबाइलको लत बस्यो भने बालाबालिका को पढाइमात्र होइन, व्यवहार र सोचाइमा दिर्घकालिन असर पर्छ। अहिलेका स्कुले केटाकेटीमा एटेन्सन डिफिसिट हाइपरएक्टिभ डिसअर्डर (एडीएचडी) को समस्या धेरै छ । यस्तो समस्या भएका बच्चाहरू टोलाएर बस्ने, ध्यान केन्द्रित गर्न नसक्ने हुन्छन्। यसको प्रमुख कारण मोबाइल नै हो।

६. पिम्पल्स या खटिरा :

प्रयोगमा आएका सबै मोबाइल फोनमा अत्यधिक धुलो र फोहोर हुन्छ, जुन ब्याक्टेरिया प्रजननका लागि सुरक्षित ठाउँ बन्छ । त्यसैले प्रत्येक समय मोबाइलमा कुरा गर्दा या आफ्नो कानसम्म मोबाइल लैजाँदा यस्ता फोहोर र ब्याक्टेरिया छालामा सर्ने गर्छ ।यसले अनुहारमा दाग र कालो धब्बाको समस्या ल्याउने गर्छ । त्यसैले मोबाइलको प्रयोगपछि अनुहार पुछ्दा वा सफा गर्दा राम्रो हुन्छ।

७.यौन जीवनमा असर
स्मार्ट फोनको कुलतमा फसेका मानिसको यौन जीवन सुखदायी नहुने अध्ययनहरुले देखाएका छन्। स्मार्ट फोनमा राति व्यस्त हुने जोडीले यौन क्रियाकलापलाई बिर्सिरहेका हुन्छन्। स्मार्टफोनमा  आ–आफ्नो मन परेको भिडियो वा दृश्य हेर्दै मख्ख पर्दा या च्याटमा अरुसँग मात्र रामाउँदा कतिपय जोडीको सम्बन्धमा दूरी बढेको हुन्छ। मोबाइलमा हरबखत गेम खेलेर बस्नेहरुले पनि आफ्नो पार्टनरलाई समय दिन नसक्ने भएकाले एकअर्कामा भावना आदानप्रदान समेत नहुने गरेको अध्ययनले देखाएको छ। अमेरिकामा कम्प्युटर इन ह्युमन बिहेभियर नामक अध्ययनमा ८९ प्रतिशत युवायुवतीले फोन र त्यसको भाइब्रेसनबाट आफ्नो यौन जीवन प्रभावित भएको बताएका थिए।

८.निस्क्रिय जीवनशैली
मोवाइलमा गेम खेल्ने, फिल्म तथा भिडियो हेर्ने र इन्टरनेट चलाउँदा मानिसको जीवनशैली निक्रिस्य र असामाजिक बन्दै गएको केन्ट स्टेट युनिभर्सिटीको अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार दिनमा १२ घण्टाभन्दा बढी स्मार्ट फोनमा बिताउने विद्यार्थीको फिटनेसन शून्य थियो। अध्ययनमा सहभागी मध्ये दुई घण्टा फोन प्रयोग गर्ने विद्यार्थीको शरीर भने निकै गठिलो र पुष्ट पाइएको थियो। स्मार्टफोनको प्रयोगले विशेषगरी किशोर–किशोरी र युवायुवतीलाई एक्लो बनाउनुका साथै समाजमा घुलमिल हुन नसक्ने बनाएको अध्ययनमा उल्लेख छ।

९.बढ्दो दुर्घटना
मोबाइल प्रयोगकर्तालाई मेसेजबाट पनि नराम्रो असर गरेको देखिएको छ। बाटोमा हिँडेको, भर्याङबाट झरेको, गाडीबाट उत्रिएको वा वाइकको पछाडि बसिरहेको बेला मोबाइलमा बजेको मेसेज टोनले ध्यानाकर्षण गरेर दुर्घटना हुने गरेका छन्। ड्राइभिङको समयमा उठाएका फोन वा तत्काल मेसेज हेर्नाले गर्दा सन्तुलन बिग्रिन गई दुर्घटना भएका उदाहरण पनि छन्।

ओहियो स्टेट युनिभर्सिटीले गरेको एक अध्ययनले सेलफोनकै कारण पैदलयात्रुको दुर्घटना दर बढेको जनाएको छ। त्यस्तै, एक सय ओटा अस्पतालमा गरिएको अर्को अध्ययनले स्मार्ट फोन प्रयोग गर्दा बाटोमा लडेर, पुलबाट खसेर, ठोक्किएर घाइते हुनेको संख्यामा वृद्धि भएको छ। -एजेन्सीको सहयोगमा

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.