शुक्रबार, असार १३,२०८२ 08:01:46
  • शुक्रबार, असार १३,२०८२ 08:01:46
Global IME Bank Limited

खुकुलो मौद्रिक नीतिप्रति सत्तारुढ पार्टीका पूर्व अर्थमन्त्रीकै असहमति

Hyundai Nepal
खुकुलो मौद्रिक नीतिप्रति सत्तारुढ पार्टीका पूर्व अर्थमन्त्रीकै असहमति
Nabil Bank Limited

काठमाण्डौ । सत्तारुढ पार्टीका पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाएका छन् । राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको भन्दै डा. महतले यसले अर्को वित्तीय अराजकता ल्याउने खतरा निम्तने बताएका हुन् ।  

‘यसअघि धेरै खुकुलो मौद्रिक नीति ल्याउँदा अत्यधिक कर्जा प्रवाह भएको र त्यो उत्पादनमूलक  क्षेत्रमा गएन । जसले ऋण उठाउन सकिएन । त्यस पछि त्यहि पाठ सिकेर फेरि कसिलो मौद्रिक नीति लिइयो । त्यसैले अत्यधिक खुकुलो मौद्रिक नीति लिँदा अर्को समस्या आयो,’ महतले अर्थ समितिको बैठकमा भने । 

CG Motors
Muktinath Bikas Bank Limited

यद्यपी यो राष्ट्र बैंकको क्षेत्राधिकारको विषय भएको महतले बताए।  ‘गभर्नरले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो, फेरि पछि धेरै टाइट गर्नुभयो । पछि अर्थतन्त्र सहज गर्न खुकुलो गर्नुपर्यो भनेपछि केही सहज भयो,’ उनले  भने, ‘१८ सयको विन्दुमा झरेको नेप्से सूचक  २२ सयको अंकसम्म पुग्यो । अहिले अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउनुभएको छ । गभर्नर र अर्थमन्त्रीको राम्रो ट्युनिक मिलेको छ भन्ने सुनिराखेका छौँ ।’  

यस अघि महत अर्थमन्त्री रहेको बेला लगानीकर्ताहरुले करको बिषयमा आन्दोलन नै गरेका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.