मंगलवार, आश्विन २७,२०८३ 09:20:56
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 09:20:56
Bizshala
Global IME Bank Limited

पोखरा-भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ : प्रधानमन्त्री ओली

Bizshala
पोखरा-भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ : प्रधानमन्त्री ओली
New Office

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले  भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर उडान अनुमति दिइएको जानकारी गएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शर्मा ओलीले बिहीबार भएको यो सम्झौतामा थाइ एयर उडान अनुमति दिइएको जानकारी गराएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

एसियाले थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति पाएपछि निजी क्षेत्र खुसी छ। उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि अन्तर्राष्ट्रिय उडानका लागि पूर्णरूपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरेर यही साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा – थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ। हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु,’ उनले लेखेका छन् । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X