शुक्रबार, आश्विन ४,२०८१ 04:05:32
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 04:05:32
IME remit
Global IME Bank Limited

पोखरा-भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ : प्रधानमन्त्री ओली

Hyundai Nepal
पोखरा-भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ : प्रधानमन्त्री ओली
Nabil Bank Limited

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले  भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर उडान अनुमति दिइएको जानकारी गएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शर्मा ओलीले बिहीबार भएको यो सम्झौतामा थाइ एयर उडान अनुमति दिइएको जानकारी गराएका हुन्।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

एसियाले थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति पाएपछि निजी क्षेत्र खुसी छ। उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि अन्तर्राष्ट्रिय उडानका लागि पूर्णरूपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरेर यही साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा – थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ। हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु,’ उनले लेखेका छन् । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.