शनिबार, असार २१,२०८२ 03:06:06
  • शनिबार, असार २१,२०८२ 03:06:06
Global IME Bank Limited

बढ्दो बजारमा बीमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण, एकमहिनामा ५५% सम्म नाफा बुक(टेबलसहित)

Hyundai Nepal
बढ्दो बजारमा बीमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण, एकमहिनामा ५५% सम्म नाफा बुक(टेबलसहित)
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजार बढ्न थालेको करिब एक महिना भएको छ ।  

असार महिनाको अन्तिमतिर बढ्न थालेको बजारमा लगानीकर्ताहरुले आफ्नो सेयरबाट केही प्रतिशत नाफा बुक गर्न सफल भएका छन् ।

सत्ता समीकरण परिवर्तन हुने र अर्थमन्त्रीमा विष्णु पौडेल आउने हल्लाका कारण गत असार १७ गते अर्थात जुलाई १ देखि बजार बढ्न थालेको थियो । त्यसयता बजार ६ कारोबार दिन मात्रै घटेको छ भने बाँकी दिन हराभरा भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

जुलाई १ मा नेप्से परिसूचक २०५३.२१ विन्दुमा थियो । त्यसयता लगातार बढ्न थालेपछि साउन १७ अर्थात् अगस्ट १ सम्म आइपुग्दा नेप्से परिसूचक बढेर २७७२.५५ विन्दुमा उक्लिएको छ । यसरी नेप्से इन्डेक्स एक महिनाको अन्तरालमा ३५.०३ प्रतिशतले बृद्धि हुन पुगेको छ ।  

अर्थमन्त्री विष्णु पौडलेको आगमनले बढ्न थालेको सेयरबजार मौद्रिक नीति सार्वजनिक भएपश्चात् झनै उच्च अंकले नै बढ्न थालेको छ । मौद्रिक नीतिमा संस्थागततर्फको सेयरधितो कर्जाको २० करोडको सीमा हटाईपश्चात् लगानीकर्ताहरु झनै उत्साहित बनेका छन् ।  

बजार बढेर २७ सयको विन्दु पार गरिसकेको छ भने कारोबारमा समेत नयाँ रेकर्ड कायम भइसकेको छ ।  

सेक्टरवाइज सबै कम्पनीहरुको सेयरमूल्य केही प्रतिशत भए पनि बृद्धि भएको छ ।  

पछिल्लो समय सेयरबजारमा बीमा समूहका कम्पनीहरु पनि चर्चामा छन् । संस्थागत लगानीकर्ताका लागि सेयरधितो कर्जाको २० करोडको सीमा खारेजीको नीति कार्यान्वयनका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा सर्कुलर गरेपछि यसको कार्यान्वयन सुरु हुने र यसपश्चात् अब बजारमा नयाँ रकम भित्रिने लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् ।

संस्थागत लगानीकर्ता दीर्घकालिन लगानीमा बढी केन्द्रीत हुने भएकाले त्यस्ता लगानीकर्ताको रोजाईमा बीमा कम्पनीहरु पर्नसक्ने बजार जानकार बताउँछन् ।  

साथै बीमा कम्पनीहरुले चुक्तापुँजी बढाउनकै लागि हकप्रद निष्कासन गर्ने तयारी समेत गरेका छन् । केही कम्पनीले हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेका छन् ।  

यसर्थ संस्थागत लगानीकर्ताको रोजाईमा बीमा कम्पनीहरु पर्न सक्ने लगानीकर्ताहरुको अनुमान छ ।  

नेप्सेमा जीवन बीमातर्फ १२ र निर्जीवनतर्फ १२ गरी कुल २४ वटा कम्पनी सूचीकृत छन् ।  

त्यसो त बजार बढ्न थालेपछि बीमा कम्पनीका सेयरभाउमा पनि उल्लेख्य वृद्धि देखिएको छ । प्रतिशतका आधारमा हेर्ने हो भने जीवन बीमा कम्पनीहरुको सेयरभाउ धेरै बढेको छ ।  

चुक्तापुँजी नपुगेर हकप्रद निष्कासन गर्ने तयारी गरेका कम्पनीहरुमा लगानीकर्ताहरुको अझ बढी आकर्षण देखिएको छ । अधिकांश निर्जीवन बीमा कम्पनीहरुले पुँजी बढाउनकै लागि हकप्रद जारी गर्ने तयारी समेत गरेका छन् ।  

सेयर लगानीकर्ताहरुबीच पनि जीवन बीमा भन्दा निर्जीवन बीमा कम्पनीको बढी चर्चा छ ।  

एक महिनाको अन्तरालमा निर्जीवन बीमातर्फ सर्वाधिक युनाइटेड अजोड इन्स्योरेन्सको सेयरभाउ बढेको छ । सो कम्पनीका लगानीकर्ताले एक महिनामै ४२.४४ प्रतिशतसम्म नाफा बुक गर्न सफल भएका छन् ।  

जुलाई १ मा ५५३.९० रुपैयाँ रहेको सो कम्पनीको प्रतिकित्ता सेयरभाउ अगस्ट १ सम्म आइपुग्दा ७८९ रुपैयाँ पुगेको छ ।  

यता जीवन बीमातर्फ भने नेपाल लाइफका सेयरधनीले एक महिनाकै अन्तरालमा ५२.१० प्रतिशतसम्म नाफा बुक गरेका छन् । कम्पनीको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँ छ । एक महिना अगाडि सो कम्पनीको सेयरभाउ ५७२ रुपैयाँमा सीमित थियो ।

एक महिनामा कुन बीमा कम्पनीको सेयरमूल्य कति बढ्यो ?हेरौं टेबल:

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.