काठमाण्डौ। दुई उद्योगले ट्रंक तथा डेडिकेटेड लाइनबाट चलाएको बिजुलीको बक्यौता रकम बुझाएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार सोना पोलिमर्स र सोना प्याकेजिङले बक्यौता बुझाएका हुन्।
सोना पोलिमर्सले तीन लाख ४६ हजार रूपैयाँभन्दा धेरै र सोना प्याकेजिङले तीन लाख ५५ हजार (२५ प्रतिशत जरिवानासहित) रूपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।