बुधबार, फाल्गुन १४,२०८१ 11:33:54
IME remit
  • बुधबार, फाल्गुन १४,२०८१ 11:33:54
IME remit
Global IME Bank Limited

बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे, मार्जिन कर्जा लिनेमा पनि उस्तै बढोत्तरी

Hyundai Nepal
बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे, मार्जिन कर्जा लिनेमा पनि उस्तै बढोत्तरी
Nabil Bank Limited

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै त्यसको प्रभाव देखिन थालेको छ ।  

ब्याजदर घटेसँगै मानिसहरु बैंकमा पैसा राख्न छाडेर सेयर बजार र अन्यतर्फ लगानी गर्न अग्रसर देखिएका छन् । ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न खालका खाताहरुमा आउने निक्षेपको अंश घट्न थालेको छ ।  

मुद्दति र अन्य निक्षेप खाताको को रिटर्न निरन्तर घट्न थालेपछि त्यो पैसा सेयर बजारमा बिस्तारै आउन थालेको देखिएको छ । 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

नेपाल राष्ट्रबैंकले मंगलबार चालु आर्थिक वर्षको ६ महिनासम्म(पुस)को आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा सार्वजनिक गरेको छ । त्यसमा मुद्दति निक्षेपको ब्याजदर घटेर परेको प्रभावको विषयमा प्रष्ट तस्विर देखिएको हो ।  

जस्तो बैंक तथा वित्तीय संस्थामा भएको कुल निक्षेपमध्ये पुस मसान्तसम्म मुद्दति निक्षेपको अंश ५९.९ प्रतिशत, बचतको २६.८ प्रतिशत, चल्तीको ६.८ र अन्यको ६.६ प्रतिशत रहेको छ । मंसिरमा भने मुद्दति निक्षेपको अंश ६०.७ प्रतिशत, बचतको २६.३ प्रतिशत, चल्तीको ६.३ प्रतिशत र अन्यको ६.९ प्रतिशत अंश रहेको थियो ।  

यस्तै, पुस महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, नगद प्रवाह कर्जा २७.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.७ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १०.५ प्रतिशतले बढेको छ । अधिविकर्ष कर्जा ४१.० प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा भने १९.९ प्रतिशतले घटेको छ ।

मंसिर महिनासम्ममा भने बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.३ प्रतिशतले, नगद प्रवाह कर्जा १४.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.१ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४०.६ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.० प्रतिशतले घटेको देखिन्छ ।

यसरी मंसिरको तुलनामा पुसमा भने मार्जिन प्रकृतिको कर्जा पनि बढेको देखिन्छ । एकातिर कर्जा नै लिएर सेयरमा लगानी गर्ने समेत बढेका छन् भने यो प्रवृतिका कारण मुद्दति निक्षेप वा बैंकका यस्तै कुनै निक्षेपमा पैसा राख्नुभन्दा झिकेर सेयर बजारमा खन्याउने प्रवृति समेत बढेको सहजै अनुमान गर्न सकिन्छ ।  

बिस्तार हुँदै व्यवसाय

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.० प्रतिशतले, विकास बैंकहरुको ४.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २.४ प्रतिशतले बढेको छ । मंसिरसम्म भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैंकहरुको २.२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.३७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२१५ अर्ब १४ करोड (४.२ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ । 

 २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.८ प्रतिशत, २६.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो।

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.