काठमाण्डौ । भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्व प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसीसीआई बेलायतको कोर्सको अङ्ग्रेजी र डीजी कम्प्युटर गरी दुईवटा विषय अध्यापन गराउँदै आएको छ ।
विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका निम्ति गत वर्षदेखि कक्षा १ देखि ६ सम्मका ३८३ जना बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको भनाइ छ ।
ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी पाँच सिल्ड अर्थात उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीले बताए ।