बिहीबार, कार्तिक ८,२०८१ 02:27:21
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:27:21
IME remit
Global IME Bank Limited

व्यवसायसँगै बीमा कम्पनीले बढाए कर्मचारी र शाखा सञ्जाल, कुन कम्पनीमा कति छन् ?

Hyundai Nepal
व्यवसायसँगै बीमा कम्पनीले बढाए कर्मचारी र शाखा सञ्जाल, कुन कम्पनीमा कति छन् ?
Nabil Bank Limited

काठमाण्डौ । व्यवसायसँगै बीमा कम्पनीहरुले शाखा सञ्जाल र कर्मचारी संख्या बढाउन थालेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले शाखा कार्यालय र कर्मचारी संख्या बढाएका छन् ।  

बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ८.३४ प्रतिशतले व्यवसाय बढाएका छन् । जसमा जीवन बीमकहरुको ९.८२ प्रतिशत र निर्जीवन बीमकहरुको ३.१२ प्रतिशलते बीमाशुल्क आर्जन बृद्धि भएको छ ।  

प्राधिकरणले बीमा कम्पनीहरुका लागि ल्याएको फोर्स मर्जर नीतिका कारण बीमा कम्पनीहरुमा शाखा कार्यालयसँगै कर्मचारीको संख्या समेत घटेको थियो । मर्जरपछि कम्पनीहरुले व्यवसाय बढाउनका लागि थप शाखा कार्यालय संख्या थप्न थालेका छन् ।  

Bizshala
Shivam Cement
CG Motors

साथै बीमा कम्पनीहरुको मर्जरका कारण स्वेच्छिक अवकाश योजना ९भीआरएस०प्रणालीअनुरुप ३–४ सय कर्मचारी अवकाश लिई बाहिरिएका थिए । तर मर्जरको एक वर्षपछि पुनः बीमा कम्पनीहरुले कर्मचारी संख्या र शाखा कार्यालय बढाउन थालेको देखिएको छ ।  

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या ६.५३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरुको कुल शाखा कार्यालय संख्या २ हजार ८०१ रहेकोमा बृद्धि भई गत आर्थिक वर्षमा २ हजार ९४८ वटा पुगेको छ ।  

मर्जरका कारण बीमा कम्पनीहरुले व्यवस्थापन खर्च कटौती गर्न धमाधम शाखा कार्यालय घटाएका थिए । मर्जरपश्चात् एकीकृत कारोबारमा ठ्याक्कै देशको अर्थतन्त्रमा शिथिलता देखिएका कारण बीमा कम्पनीहरुको व्यवसाय भनेजस्तो फस्टाउन सकेको थिएन । यसर्थ बीमकहरुले व्यवस्थापन खर्च घटाउन एकै ठाउँमा भएका साविकका शाखालाई समेत मर्ज गराई शाखा संख्या घटाएका थिए ।  

तर विस्तारै देशको अर्थतन्त्रमा सुधार हुँदै जाँदा बीमकहरुको व्यवसाय समेत बढ्न थालेपछि बीमा कम्पनीहरुले पुनः शाखा संख्या बढाउन थालेका छन् ।  

साथै गत आर्थिक वर्षमा नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको लाइसेन्स बाँडेपछि ४ निर्जीवन लघुबीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनी गरी कुल ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा आएका छन् । लघुबीमा कम्पनीहरुले गत आवमा धमाधम शाखा कार्यालय थप्दै कर्मचारीको संख्या समेत बढाउँदै लगेपछि प्राधिकरणको तथ्याङ्कमा बीमकको शाखा र कर्मचारी संँख्या बृद्धि देखिएको हो ।  

शाखा कार्यालय जीवन बीमा कम्पनीहरुको भन्दा निर्जीवन बीमा कम्पनीहरुको उल्लेख्य बृद्धि भएको छ । जीवन बीमकको शाखा २।४६ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमकको शाखा संख्या १३.७४ प्रतिशतले बृद्धि भएको छ ।  

गत आवमा जीवन बीमा कम्पनीको कार्यालय संख्या १८३३ वटा रहेको छ भने निर्जीवन बीमकको शाखा कार्यालय संख्या ११५१ वटा रहेको छ । अघिल्लो आवमा भने जीवन बीमकको यस्तो संख्या १७८९ वटा र निर्जीवन बीमकको १०१२ वटा थियो ।  

शाखा कार्यालयसँगै बीमा कम्पनीहरुको कर्मचारी संख्या समेत ४.२८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा बीमा कम्पनीहरुमा ११ हजार २०५ जना कर्मचारी रहेकोमा गत आवको अन्त्यसम्म बढेर ११ हजार ६८५ जना पुगेका छन् ।  

जीवन बीमकको भन्दा निर्जीवन कम्पनीहरुको नै कर्मचारीको संख्या बढेको देखिएको छ । जीवनतर्फ ३.१० र निर्जीवनतर्फ ५.५० प्रतिशतले कर्मचारीको संख्या वृद्धि भएको छ ।

अघिल्लो आवमा जीवन बीमा कम्पनीमा ५ हजार ६८२ जना कर्मचारी थिए । गत आवको अन्त्यमा यस्तो संख्या ५ हजार ८३३ जना पुगेका छन् । निर्जीवन बीमा कम्पनीमा अघिल्लो आवको अन्त्यमा ५ हजार ५२३ जना कर्मचारी थिए । गत आवको अन्त्यमा ५ हजार ८२७ जना रहेका छन् ।

बीमा कम्पनीहरुले धमाधम शाखा कार्यालय संख्या बढाउँदै लगेपछि कर्मचारी संख्या स्वतः बढ्न पुगेको हो । नयाँ शाखाका लागि कर्मचारी आवश्यक पर्ने भएकाले पछिल्लो समय बीमा कम्पनीहरुले कर्मचारी आवश्यकता सम्बन्धि भ्याकेन्सी समेत खुलाइरहेका छन् ।  

कुन कम्पनीको कति छ शाखा कार्यालय ?  

जीवन बीमातर्फ,

गत आवको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुको जम्मा शाखा कार्यालय संख्या १ हजार ८३३ छ । जसमा सर्वाधिक हिमालयन लाइफ इन्स्योरेन्सको २१८ वटा शाखा कार्यालय रहेको छ ।  

त्यस्तै, जीवन बीमकहरुमा सर्वाधिक व्यवसाय भित्र्याउने नेपाल लाइफको पनि १९५ वटा शाखा कार्यालय विस्तार भएको छ । यसका साथै सुर्यज्योति लाइफको १७८ वटा, सानिमा रिलायन्स लाइफको १७१ वटा, आइएमई लाइफको १४४ वटा, सन नेपाल लाइफको १४१ वटा, सिटिजन लाइफको १३६ वटा, एशियन लाइफको १३२ वटा, प्रभु महालक्ष्मी र नेशनल लाइफको ११५ वटा, रिलायबल नेपाल लाइफको ९६ वटा, एलआइसी नेपालको ७७ वटा, मेट लाइफको ३५ वटा र राष्ट्रिय जीवन बीमा कम्पनीको २४ वटा शाखा कार्यालय रहेको छ ।  

यता लघुबीमातर्फ भने सर्वाधिक गार्डियन माइक्रो लाइफले शाखा सञ्जाल बढाएको छ । गत आवको अन्तिमसम्म गार्डियनको शाखा कार्यालय संख्या २४ वटा छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफको २३ वटा र लिबर्टी माइक्रो लाइफको ९ वटा रहेको छ ।  

निर्जीवन तर्फ

गत आवको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल शाखा कार्यालय संख्या १ हजार १५१ वटा रहेको छ । जसमा सर्वाधिक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १२८ वटा शाखा रहेको छ ।  

त्यस्तै, शिखर इन्स्योरेन्सको ११७ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ११२ वटा, युनाइटेड अजोड इन्स्योरेन्सको १०२ वटा, नेको इन्स्योरेन्सको १०० वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८९ वटा, एनएलजी इन्स्योरेन्सको ८२ वटा, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६९ वटा, सानिमा जिआइसीको ६७ वटा, नेपाल इन्स्योरेन्सको ५९ वटा, प्रभु इन्स्योरेन्सको ५७ वटा, राष्ट्रिय बीमा कम्पनीको ३४ वटा, द ओरियण्टल इन्स्योरेन्सको १७ वटा र नेशनल इन्स्योरेन्सको १३ वटा रहेको छ ।  

यसका साथै लघुबीमातर्फ भने सर्वाधिक ट्रष्ट माइक्रो इन्स्योरेन्सको २९ वटा शाखा रहेको छ । त्यस्तै, प्रोटेक्टिभ र स्टार माइक्रो इन्स्योरेन्सको २७ वटा र नेपाल माइक्रो इन्स्योरेन्सको २२ वटा शाखा रहेको छ ।  

कुन कम्पनीमा कति छ कर्मचारी ?  

जीवन बीमातर्फ  

गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुमा जम्मा कर्मचारी संख्या ५ हजार ८५८ रहेको छ । सर्वाधिक रोजगार दिने कम्पनीमा हिमालयन लाइफ रहेको छ । कम्पनीमा कार्यरत कर्मचारी संख्या ७७४ जना रहेका छन् ।  

त्यस्तै, दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्समा ६६७ जना, सुर्यज्योति लाइफमा ५७२ जना, नेशनल लाइफमा ५११ जना, सानिमा रिलायन्स लाइफमा ४६५ जना, एशियन लाइफमा ४३४ जना, प्रभु महालक्ष्मी लाइफमा ३९९ जना, सिटिजन लाइफमा ३९१ जना, सन नेपाल लाइफमा ३८३ जना, रिलायबल नेपाल लाइफमा ३३२ जना, आइएमई लाइफमा २६८ जना, एलआइसी नेपालमा २४२ जना, मेट लाइफमा १६९ जना र राष्ट्रिय जीवन बीमा कम्पनीमा ९१ जना कर्मचारी कार्यरत छन् ।  

यता लघुबीमातर्फ भने सर्वाधिक क्रेष्ट माइक्रो लाइफले रोजगार दिएको छ । कम्पनीमा ६६ जना कर्मचारी कार्यरत छन् । यसका साथै गार्डियन माइक्रो लाइफमा ५६ जना र लिबर्टी माइक्रो लाइफमा ३८ जना कर्मचारी रहेका छन् ।  

निर्जीवनतर्फ  

गत आवको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुमा कर्मचारी संख्या कुल ५ हजार ८२७ जना रहेका छन् । सर्वाधिक शिखर इन्स्योरेन्समा कुल कर्मचारी ६४० जना रहेका छन् ।  

त्यस्तै, सगरमाथा लुम्बिनीमा ६३३ जना, सिद्धार्थ प्रिमियरमा ६३३ जना, नेको इन्स्योरेन्समा ५५९ जना, युनाइटेड अजोडमा ५०८ जना, आइजीआई प्रुडेन्सियलमा ५०१ जना, एनएलजी इन्स्योरेन्समा ४३७ जना, हिमालयन एभरेष्टमा ४२२ जना, सानिमा जिआइसीमा ३७० जना, नेपाल इन्स्योरेन्समा २९९ जना, प्रभु इन्स्योरेन्समा २५४ जना, राष्ट्रिय बीमा कम्पनीमा ११९ जना, ओरियण्ट इन्स्योरेन्समा १०९ जना र नेशनल इन्स्योरेन्समा ६४ जना कर्मचारी कार्यरत छन् ।  

लघुबीमाकम्पनीतर्फ भने सर्वाधिक कर्मचारी प्रोटेक्टिभ इन्स्योरेन्समा ७७ जना रहेका छन् । त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्समा ७५ जना, नेपाल माइक्रो इन्स्योरेन्समा ६४ जना र ट्रष्ट माइक्रो इन्स्योरेन्समा ६३ जना कर्मचारी छन् ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.