बुधबार, बैशाख २,२०८३ 12:02:07
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 12:02:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानको अर्थतन्त्रले गर्यो पुनरागमन, ब्याजदर अझै बढ्न सक्ने

Bizshala
जापानको अर्थतन्त्रले गर्यो पुनरागमन, ब्याजदर अझै बढ्न सक्ने
Shivam Cement

काठमाण्डौ । जापानको अर्थतन्त्र अपेक्षा गरेभन्दा तीव्र गतिमा वृद्धि भएको छ । वर्षको दोस्रो त्रैमाससम्म जापानको अर्थतन्त्रमा ३.१ प्रतिशतको वार्षिक वृद्धि देखिएको छ ।  

उपभोगमा देखिएको बलियो सुधार र ब्याजदर बढाउने निर्णयका कारण कमजोर वृद्धिका साथ वर्षको सुरुवात गरेको जापानको अर्थतन्त्रले बलियो बाउन्सब्याक गरेको हो ।  

जापानको केन्द्रीय बैंक,‘बैंक अफ जापान’ले अर्थतन्त्रमा देखिएको सुधारले मुद्रास्फितीलाई २ प्रतिशत कायम राख्ने लक्ष्य हासिल गर्नमा सहयोग पुर्याउने जनाएको छ । यसले ब्याजदर बढाउने निर्णलाई समेत न्यायोचित ठहराएको बैंक अफ जापानले दाबी गरेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मिडियन मार्केट फोरकास्टको तुलनामा जापानको जीडीपी बढेको छ । यसले बैंक अफ जापानलाई ब्याजदर बढाउने निर्णय लागू गर्न र थप ब्याजदर बढाउन सहयोग त गर्नेछ तर गत महिना ब्याजदर बढाउने निर्णय गरेपछि येनमा आएको गिरावटका कारण ब्याजदर बढाउँदा सावधानी अपनाउनुपर्ने समेत देखिएको विज्ञहरुले बताएका छन् ।  

अर्थतन्त्रको आधि भन्दा बढी हिस्सा आगटेको निजी उपभोग १ प्रतिशतले बढेको छ । जुन महिनामा करमा गरिएको कटौती र अगस्ट महिनामा विद्युत र ग्यास बिलमा दिइएको अनुदानका कारण उपभोग अझै बढ्ने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् । यसका साथै, कम्पनीहरुले कर्मचारीको तलबमा गरेको वृद्धिका कारण पनि उपभोक्ताहरुको खर्च गर्ने क्षमता बढिरहेको छ ।  

जापानका पर्यटकहरुको आगमन बढ्नुले पनि खुद्रा बिक्रीमा सुधार आएको छ । पर्यटकहरुले गर्ने खर्च यो वर्ष ५४.७४ अर्ब डलर  पुग्ने अनुमान गरिएको छ ।  

यस्तै जापानको पूँजीगत खर्च पनि ०.९ प्रतिशतले बढेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.