बिहीबार, कार्तिक ८,२०८१ 02:32:09
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:32:09
IME remit
Global IME Bank Limited

बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए साढे ११ अर्ब रुपैयाँ, कुनको खर्च कति ?

Hyundai Nepal
बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए साढे ११ अर्ब रुपैयाँ, कुनको खर्च कति ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको सेवा सुविधाका लागि साढे ११ अर्ब रुपैयाँ छुट्याएका छन् । १४ जीवन र १४ निर्जीवन गरी कुल २८ बीमा कम्पनीले गत आर्थिक वर्षका लागि ११ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ कर्मचारी सुविधाका लागि छुट्याएका छन् ।  

यो रकम अघिल्लो आवको तुलनामा १७.७७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि ९ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ खर्च गरेका थिए ।  

गत आवमा जीवन बीमकहरुले मात्रै कर्मचारी सुविधाका लागि ५ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ छुट्याएका छन् । जुन अघिल्लो आवको तुलनामा ५.८८ प्रतिशत बढी हो । अघिल्लो आवमा जीवन बीमकहरुले कर्मचारीका लागि ५ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ छुट्याएको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

त्यस्तै, निर्जीवन बीमकहरुले भने ३३.८० प्रतिशतले कर्मचारीलाई दिने सुविधा रकम बढाएका छन् । अघिल्लो आर्थिक वर्षमा कर्मचारीको सुविधाका लागि ४ अर्ब १३ करोड रुपैयाँ मात्रै छुट्याएका निर्जीवन बीमकहरुले गत आवको मुनाफाबाट भने आफ्ना कर्मचारीलाई बोनस बाँड्न वा सेवा सुविधा दिन ५ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ छुट्याएका छन् ।  

बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई सुविधा प्रदान गर्न वित्तीय विवरणमा यस्तो शीर्षकमार्फत रकम छुट्याएका हुन्छन् ।  

कर्मचारी लाभ शीर्षकले कम्पनीले आफ्ना कर्मचारीलाई सुविधा दिन वा फाइदा पुर्याउन खर्चिएको रकम भन्ने बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र नगद पनि हुन सक्छ ।  

जसमा न्यूनतम पारिश्रमिक, बोनस तथा भत्ता प्राप्त गर्ने कर्मचारीलाई स्वास्थ्य बीमा लगायत लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा बापत समेत यस्तो शीर्षकमा रकम छुट्याएका हुन्छन् ।  

कर्मचारी लाभको लागि रकम छुट्याउँदा बफादार जनशक्ति, कामप्रति निष्ठा, कम्पनीको व्यवसायमा प्रगति, स्वस्थ टिम र कर्मचारीको क्षमतामा अभिबृद्धि हुन सक्ने जस्ता फाइदाहरु हुन सक्छन् ।  

जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई बढी खुशी बनाएको देखिएको छ । जीवन बीमा कम्पनीतर्फ ५ कम्पनीले यस्तो शीर्षकमा छुट्याउने रकम अघिल्लो आवको तुलनामा घटेको छ भने निर्जीवन बीमा कम्पनीहरु भने नेको इन्स्योरेन्स बाहेक सबैले यस्तो शीर्षकको रकम बढाएका छन् ।

जीवन बीमातर्फ  

जीवन बीमा कम्पनीहरुले गत आवमा कर्मचारीको सुविधाका लागि ५ अर्ब ८९ करोड रुपैयाँ छुट्याएको छ । पाँच कम्पनी बाहेक सबै कम्पनीले यस्तो शिर्षकको रकम बढाएका छन् ।  

गत आवमा सबैभन्दा बढी हिमालयन  लाइफले यस्तो रकम छुट्याएको छ । कम्पनीले ८८ करोड ४३ लाख रुपैयाँ कर्मचारी सुविधाका लागि छुट्याएको छ ।  

दोस्रोमा नेपाल लाइफले ७४ करोड २८ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधाका लागि छुट्याएका छन् ।  

यसका साथै सुर्यज्योति लाइफले ६० करोड ५४ लाख, नेशनल लाइफले ४८ करोड ३८ लाख, प्रभु महालक्ष्मी लाइफले ४६ करोड ७६ लाख, सानिमा रिलायन्सले ४१ करोड ६३ लाख, मेट लाइफले ३६ करोड ८८ लाख, एलआइसी नेपालले ३५ करोड ९० लाख, एशियन लाइफले ३४ करोड २० लाख, सिटिजन लाइफले ३२ करोड ११ लाख, सन नेपाल लाइफले ३१ करोड ३१  लाख, रिलायबल नेपाल लाइफले २९ करोड २९ लाख, आइएमई लाइफले २९ करोड २६ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ५९ लाख रुपैयाँ मात्रै कर्मचारीको सुविधाका लागि रकम छुट्याएको छ ।  

तर अघिल्लो आवको तुलनामा यस्तो शिर्षकको रकम भने सर्वाधिक प्रभु महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफले बढाएका छन् । प्रभु महालक्ष्मी लाइफले ९९।४३ प्रतिशत र सानिमा रिलायन्स लाइफले ५८।३३ प्रतिशतले कर्मचारीलाई दिने सुविधा रकम बढाएका छन् ।  

यता सर्वाधिक नेपाल लाइफले १२।७० प्रतिशतले कर्मचारीको सुविधा रकम कटौती गरेको छ । अघिल्लो आवमा कर्मचारीको सुविधाका लागि ८५ करोड ९ लाख रुपैयाँ छुट्याएको नेपाल लाइफले गत आवमा ७४ करोड २८ लाख रुपैयाँ मात्रै छुट्याएको छ ।  

निर्जीवनतर्फ

निर्जीवन बीमा कम्पनीहरुमा एनएलजी इन्स्योरेन्स बाहेक सबैले कर्मचारी लाभ खर्च शिर्षकको रकम बढाएका छन् ।  

गत आवमा सबैभन्दा बढी यस्तो शिर्षकमा सिद्धार्थ प्रिमियरले छुट्याएको छ । कम्पनीले कर्मचारीको सुविधा लागि ६६ करोड ८१ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा यस्तो शिर्षकको रकम ७०.६१ प्रतिशतले बृद्धि गरेको छ ।  

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६१ करोड ८२ लाख रुपैयाँ यस्तो शिर्षकमा छुट्याएको छ । कम्पनीले पनि अघिल्लो आवको तुलनामा यस्तो शिर्षकको रकम ५५.४२ प्रतिशतले बढाएको छ ।  

यसका साथै शिखरले ५६ करोड ६७ लाख, आइजीआई प्रुडेन्सियलले ४८ करोड १९ लाख, नेकोले ४६ करोड ६० लाख, हिमालयन एभरेष्टले ४३ करोड ७५ लाख, युनाइटेड अजोडले ४३ करोड ६७ लाख, सानिमा जिआइसीले ३५ करोड ९७ लाख, नेपाल इन्स्योरेन्सले ३५ करोड ४६ लाख, एनएलजीले २८ करोड ७२ लाख, ओरियण्टल इन्स्योरेन्सले २६ करोड ९८ लाख, राष्ट्रिय बीमा कम्पनीले २३ करोड ८६ लाख, प्रभु इन्स्योरेन्सले २३ करोड ५७ लाख र नेशनल इन्स्योरेन्सले १० करोड ६५ लाख रुपैयाँ मात्रै छुट्याएको छ ।  

अघिल्लो आवको तुलनामा गत आवमा यस्तो शिर्षकको रकम सर्वाधिक बढाउनेमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीले १६५.३७ प्रतिशतले कर्मचारी लाभ खर्च शिर्षकको रकम बृद्धि गरेको छ ।

 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.