शुक्रबार, फाल्गुन ३०,२०८१ 07:22:55
IME remit
  • शुक्रबार, फाल्गुन ३०,२०८१ 07:22:55
IME remit
Global IME Bank Limited

अम्बानीसहित २५ जनालाई ५ वर्षसम्म सेयर कारोबार गर्न रोक, २५ करोड भारु जरिवाना

Hyundai Nepal
अम्बानीसहित २५ जनालाई ५ वर्षसम्म सेयर कारोबार गर्न रोक, २५ करोड भारु जरिवाना
Nabil Bank Limited

काठमाण्डौ। भारतको सेयर बजारको नियामक सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले उद्योगी अनिल अम्बानीसहित रिलायन्स होम्स फाइनान्स लिमिटेडका अन्य २४ जना अधिकारीलाई पाँच वर्षसम्म पुँजी बजारमा कारोबार गर्न रोक लगाएको छ।

सेबीले अनिल अम्बानीलाई २५ करोड भारु जरिवाना समेत लगाएको छ। अम्बानीलाई पाँच वर्षसम्म सेयर बजारमा सूचीकृत कुनै पनि संस्थाको सञ्चालक समितिमा बस्न वा महत्त्वपूर्ण पदमा रहन नपाउने व्यवस्था गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

रिलायन्स होम्स फाइनान्स लिमिटेडको पनि ६ महिनासम्म सेयर बजारमा कारोबारमा रोक लगाइएको छ भने कम्पनीलाई ६ लाख रूपैयाँ जरिवाना समेत गरिएको छ। 

अम्बानी र उनी संलग्नहरूले रिलायन्स होम्स फाइनान्स लिमिटेडबाट अनाधिकृत रूपमा ऋणको नाममा रकम दिइएको भन्दै कारबाही गरिएको हो।

आर्थिक वर्ष २०१८/१९ मा सेबीले गरेको अनुसन्धानले यसरी रकम ऋणको रूपमा सारेको पाइएको हो। 

रिलायन्स होम्स फाइनान्स लिमिटेडका संस्थापकहरू जोडिएका संस्थाहरूमा ऋण लगानी भएको र यस्तो ऋण भुक्तानीमा समेत समस्या देखिएको थियो।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.