काठमाण्डौ। चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा साउनमा मात्रै नेपालले २ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको हो।
यसैगरी भने नेपालबाट १५ लाख ९५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ। सरकारले खाद्यान्नको कारोबारबाट २ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ।
सरकारले खाद्यान्न आयात–निर्यातको कारोबारबाट २५ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। विभागका अनुसार धान, मकै, गहुँ लगायत विभिन्न खाद्यान्न आयात गरिएको हो।
यी खाद्यवस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायतका मुलुकबाट आयात गरिएको विभागले जनाएको छ।