बुधबार, माघ २३,२०८१ 10:39:12
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:39:12
IME remit
Global IME Bank Limited

के तपाई करोडपति बन्न चाहानुहुन्छ ? यी हुन् करोडपति बन्ने ७ आधारहरु

Hyundai Nepal
के तपाई करोडपति बन्न चाहानुहुन्छ ? यी हुन् करोडपति बन्ने ७ आधारहरु
Nabil Bank Limited

काठमाण्डौ। पछिल्लो समय विश्वभर करोडपतिहरूको सङ्ख्या बढ्दै गएको छ। जसमा अमेरिका,जर्मनी, बेलायत, फ्रान्स लगायतका मुलुकमा करोडपतिहरूको सङ्ख्या तीव्र गतिमा बढ्दै गएको देखिन्छ। तर, यीमध्ये विश्वको एक यस्तो मुलुक छ, जहाँ प्रत्येक ७ जनामध्ये १ जना करोडपति छन्।

अमेरिकाको तुलनामा स्वीट्जरल्यान्डमा करोडपति बन्ने वयस्कहरूको सङ्ख्या बढ्दो क्रममा छ। स्वीट्जरल्यान्डमा अमेरिकाको तुलनामा ५ गुणा बढीले करोडपतिहरू बढ्दै गएको देखिन्छ। यहाँका व्यवसायीले विशेष रणनीति अपनाएर आफ्नो सम्पत्ति निरन्तर बढाइरहेका छन्।

 व्यवसायीक क्षेत्र पहिचान गरी आफ्नो आर्थिक विकासमा लागेका युवा शक्ति नयाँ स्रोतको खोजी पनि गर्छन्। स्वीट्जरल्यान्डका एकजना स्थानीय उद्योगपतिले करोडपति बन्ने आधारहरुबारे खुलासा गरेका छन्। 

Bizshala
CG Motors
Sagarmatha Cement

जुन करोडपति बन्नको लागि अपनाएका केही  ७ आधारहरु निम्नअनुसार छन् :

-पहिलोः जोखिम कम, अवसर बढी

बिजनेस टुडेमा प्रकाशित एक प्रतिवेदन अनुसार स्वीटजरल्यान्डका एकजना प्रविधि क्षेत्रका करोडपति व्यावसायीका अनुसार करोडपति बन्नका लागि पहिला जोखिमलाई कम गर्ने र अवसरलाई बढाउने रणनीतिमा काम गर्नुपर्ने हुन्छ।

उनले विभिन्न बैँकको फरकफरक शक्ति र अफरहरू हुन्छन्। उदाहरणका लागि एउटा बैँक रियल स्टेटमा लगानी गर्नका लागि राम्रो दर दिन सक्छ जबकी अर्को बैँक अन्रर्तष्ट्रिय व्यवसायका लागि राम्रो विकल्प हुन सक्छ। यस अवस्थामा व्यावसायीले अवसरलाई अधिकतम गर्न र जोखिमलाई कम गर्नका लागि प्रत्येक बैँकका लाभ उठाउन सक्छ।

-दोस्रोः डिजाइनर लोगो र विदेशी देखासिकीको प्रयोग नगर्ने

तपाईंले स्वीस करोडपतिहरूलाई डिजाइनर लोगो र विदेशी देखासिकीको प्रयोग गर्ने गरेको देख्नुहुन्न। उनीहरू आफ्नो क्षमता अनुसारले खर्च गर्छन् र जुन बचत भएको रकम हुन्छ त्यसलाई पनि कतै न कतै लगानी गर्छन्। यो कुनै प्रकारको कमजोरी होइन। बरु सन्तुष्टिको उदाहरण हो। यो अनुसाशित बानीले तपाईंको धनलाई समय सँगसँगै बढाउने काम पनि गर्छ।

-तेस्रोः सीमाभन्दा बढीको सोच

स्वीस लगानीकर्ताहरू सीमाभन्दा बढी सोच्ने गर्छन्। उनीहरूले आफ्ना सम्पत्तिमा मात्रै नभई घर र नागरिकतामा पनि विविधता ल्याउँछन्। कतिपय मानिसहरूसँग अर्को पासपोर्ट वा अर्को देशमा बसाइ हुन्छ। जसले बढी वित्तिय अवसरलाई खुला गर्छन्। यो वैश्विक मानसिकताले उनको आर्थिक सुरक्षा र वृद्धि हुने दरलाई बढाउनमा मद्दत गर्न सहयोगी हुन सक्छन्।

-चौथोः धैर र दीर्घकालीन लगानीमा केन्द्रीत

स्वीस करोडपतिहरू चाडो धनी बन्ने योजनाका पछि भाग्दैनन्। बरु धैर र दीर्घकालीन दृष्टिकोणका साथ पुस्तौपुस्ता धनको निर्माण गर्नमा लागिरहन्छन्। इमान्दारीका साथ कमाइने धनले चाडो पैसा जोड्ने बारेमा हुँदैन। यो समयसँगै बनाइराख्न र बढाउनेबारेमा केन्द्रीत रहन्छ। यस्तो सोचाइको सकारात्मक प्रभाव उनको कुल आम्दानीमा पनि पर्छ।

-पाँचौः घर खरिद गर्नुको साटो भाडामा लिने

अमेरिकामा जहाँ ६५ प्रतिशत वयस्कसँग आफ्नै घर छ भने त्यसको तुलनामा स्वीटजरल्यान्डमा मात्र ४१ प्रतिशत वयस्कसँग मात्रै आफ्नो घर छ। स्वीस मिलेनियल्स, विशेष रुपले घर खरिद गर्नुको साटो भाडामा लिन रुचाउँछन्। घर खरिद नगरी बचेको पैसा उनीहरू उच्च फिर्ता आउने लगानी क्षेत्रमा लगानी गर्छन्।

-छैटौंः अटोमेटिक सेभिङ्ग

स्वीस उद्योगीहरूको पैसा बचत गर्ने अर्को कारण हो, बचत। स्वीटजरल्यान्डका उद्योगीहरू आफ्नो आयको एक भाग अटोमेटिक बचतमा राख्ने गर्छन्। आम्दानीको २० देखि ३० प्रतिशत भाग अटोमेटिक सेभिङ्गमा हुन्छ। र, यसबाट निकालेर लगानी गरेपछि बाँकी बचेको पैसा अन्य कुनै खर्चमा प्रयोग गर्ने गर्छन्। यो अनुसाशित दृष्टिकोण समयको साथसाथै लगातार र पर्याप्त बचत सुनिश्चित गर्नुका साथै तीनको सम्पत्तिमा पनि वृद्धि गराउँछ।

सातौँः सिप विकासमा लगानी गर्ने

स्वीटजरल्यान्डमा शिक्षालाई डिग्रीका लागि मात्रै नभई सिप विकासको वृद्धिका लागि महत्त्वपूर्ण मानिन्छ। स्वीसमा व्यक्तिले आफ्नो वार्षिक आम्दानीको ५ देखि १० प्रतिशत व्यक्तिगत विकासमा लगानी गर्ने काम गर्छन्। विशेष रुपले भाषा, उद्योग सम्बन्धी जानकारी प्राप्त गर्ने र वित्तिय साक्षरतामा यसको प्रयोग गरिन्छ। उक्त रणनीतिले पनि व्यक्तिलाई पर्याप्त दीर्घकालीक लाभ प्रदान गर्छ। - एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.