काठमाण्डौ । राइड हेलिङ एप उबेरलाई युरोपमा ३२४ मिलियन डलरबराबरको जरिवाना गरिएको छ । नेदरल्याण्डको डेटा सुरक्षा नियामक(डीपीए)ले युरोपियन चालकहरुको व्यक्तिगत डेटा अमेरिकी सर्भरहरुलाई हस्तान्तरण गर्दै ईयुको कानून उल्लङ्घन गरको आरोपमा उक्त जरिवानाको तिराउने निर्णय गरेको हो ।
डीपीएले डेटा ट्रान्सफर कार्य ईयुको जेनरल डेटा प्रोटेक्सन रेगुलेसन(जीडीआरपी)को गम्भिर उल्लङ्घन भएको र चालकहरुको सूचना जोगाउन असफल भएको जनाएको छ ।
डीपीएले चालकहको आईडी डकुमेन्ट,ट्याक्सी लाइसेन्स र लोकेशन डेटा दुई वर्षसम्म अमेरिकामा रहेको कम्पनीको मुख्यालयमा ट्रान्सफर गरिएको जनाएको छ ।
उबेरले भने यो जरिवाना न्यायसंगत नभएकाले यसविरुद्ध अदालत जाने जनाएको छ ।