शनिबार, फाल्गुन १०,२०८१ 08:15:19
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:15:19
IME remit
Global IME Bank Limited

पास्नीमा विन्दुले दिइन् ‘बीमा पोलिसी’ उपहार

Hyundai Nepal
पास्नीमा विन्दुले दिइन् ‘बीमा पोलिसी’ उपहार
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई उपहारस्वरुप बीमा पोलिसी दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ। विवाह, पास्नी, व्रतबन्ध, चाडपर्व, बर्थडे, विवाह उत्सवजस्ता अवसरमा आफ्ना परिवार, साथीभाइ तथा आफन्तलाई बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ। 

यसैबीच ललितपुर गोदावरीकी स्थायी बासिन्दा विन्दु श्रेष्ठले आफ्ना देवरकी छोरीलाई पास्नीका अवसरमा बीमा पोलिसी उपहार दिएकी छन्। विन्दुले आफ्ना देवर समुन्द्र श्रेष्ठ र देवरानी विनु श्रेष्ठकी छोरी समाइरा श्रेष्ठलाई पास्नीका अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएकी हुन्।

विन्दु आइएमई लाइफ इन्स्योरेन्समा एक सक्रिय अभिकर्ताका रुपमा आबद्ध रहेकी छन्। बीमाको महत्व बुझेर नै यस्ता अवसरमा अन्य सामग्रीभन्दा बीमा पोलिसी उपहार दिँदा भविष्य सुरक्षित हुने उनले बताइन्। ‘जीवन बीमा आर्थिक जोखिमको हस्तान्तरण हो, यसबाट भविष्यको योजना निर्माणमा समेत सहयोग पुग्ने भएको हुँदा अन्य भौतिक वस्तुभन्दा बीमा पोलिसी उपहार दिँदा अभिभावक र बच्चा दुवैका लागि उपयोगी छ’, विन्दुले भनिन्।

विन्दुले आइएमई लाइफ इन्स्योरेन्सको बाल उज्ज्वल (सावधिक) जीवन बीमा पोलिसी गिफ्ट दिएकी हुन्। यस योजनामा बीमा समाप्तिमा बीमा राशि थप रकम, ऋण सुविधा र कर लाभ प्राप्त हुनेछ। 

यसका साथै बीमा शुल्क मिनाहा लाभ, मासिक आम्दानी सुविधा, दुर्घटना मृत्यु लाभ र दुर्घटनाबाट मृत्यु भएमा वा अंगभंग भएमा पाइने लाभजस्ता ऐच्छिक सुविधाहरु प्राप्त हुनेछ। 

बीमा क्षेत्रमा यो खालको ट्रेन्डले सकारात्मक प्रभाव पारेको छ। 

नेपाल बीमा प्राधिकरणले विभिन्न क्षेत्रमा बीमासम्बन्धी अन्तर्क्रिया गर्दै आइरहेको छ। बीमाको आवश्यकताका बारेमा भएको अन्तर्क्रियाले गर्दा पछिल्लो समय सर्वसाधारणले बीमाको महत्व बुझ्न थालेका छन्। 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.