शुक्रबार, श्रावण २९,२०८३ 06:57:21
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:57:21
Bizshala
Global IME Bank Limited

एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय

Prabhu Bank Limited
एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  

माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो ।  

साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् । 

CG Motors

बैठकले साधारणसभा प्रयोजनका लागि फागुन ८ गते एक दिनका लागि बुक क्लोज मिति तोकेको छ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागिताका लागि योग्य बन्न फागुन ७ गतेभित्र सेयरधनी कायम भइसक्नुपर्नेछ ।  

साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।  

यस्तै, ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत(१ः०.४२)को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।  

बोनस सेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापूँजी स्वीकृतिको अजेण्डा समेत राखिएको छ ।  

सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X