शनिबार, फाल्गुन १०,२०८१ 08:06:10
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:06:10
IME remit
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीको लाभांश घोषणाको पर्खाइमा लगानीकर्ता, यस्तो छ अधिकतम बोनस हिस्ट्री

Hyundai Nepal
निर्जीवन बीमा कम्पनीको लाभांश घोषणाको पर्खाइमा लगानीकर्ता, यस्तो छ अधिकतम बोनस हिस्ट्री
Nabil Bank Limited

– मनिष सोती

काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको छ। 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि सहुलियतमा हकप्रद जारी गर्न दिने निर्णयले पनि लगानीकर्तामा बीमा कम्पनीको सेयरप्रति मोह बढ्न पुगेको हो। यसका साथै गत आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट बीमा कम्पनीहरुले लाभांश वितरण गर्ने समयसमेत नजिकिँदै गएकोले पनि लगानीकर्ता बोनस र हकप्रद दुईवटैबाट आउने प्रतिफल पाउन बीमा कम्पनीमा आकर्षित देखिन्छन्। 

बीमा क्षेत्रमा जीवन बीमा कम्पनीभन्दा निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण प्राधिकरणबाट छिटो स्वीकृत भई लाभांश घोषणा चाँडै हुने गरेको छ। निर्जीवनको तुलनामा जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण स्वीकृत हुन ढिलाइ हुने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। ‘जीवन बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएसनको प्रतिवेदन प्राधिकरणमा ढिला पेस हुने गरेको छ’, उनले भने, ‘यसले गर्दा जीवन बीमा कम्पनीको लाभांश घोषणा र साधारणसभामा समेत ढिलाइ हुँदै आएको छ।’

निर्जीवन बीमा कम्पनीहरुले भने समयमै एक्चुरियल भ्यालुएसनको प्रतिवेदन प्राधिकरणमा पेस गरी समयमै आफ्ना सेयरधनीलाई लाभांश घोषणा गर्ने गरेको छ। निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रतिफल बाँड्न पाउँछन्। ‘कम्पनीहरुले गत आर्थिक वर्षमा कति मुनाफा आर्जन गरे ? कति वित्तीय जोखिम बहन गरेका छन् ? वित्तीय विवरणका आधारमा सबै लेखाजोखा गरी बोनस वितरण गर्न पाउनेछन्’, पौडेलले भने, ‘बीमा कम्पनीहरुले मुख्यतः नाफाकै आधारमा बोनस बाँड्न पाउने हो तर यदि कम्पनीको वित्तीय विवरणमा कुनै मुख्य सूचक ऋणात्मक भएको खण्डमा बोनस बाँड्न प्राधिकरणले रोक लगाउन सक्छ।’  

गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीको नाफा 

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्त्यसम्म सवा ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले ७७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ।

बीमा कम्पनीहरुमध्ये धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी सेयरभाउ रहेको राष्ट्रिय बीमा कम्पनीले विगत केही वर्षदेखि आफ्ना सेयरधनीको हात रित्तो बनाउँदै आइरहेको छ। यो कम्पनीको केही वर्षदेखिको वित्तीय रिपोर्ट प्राधिकरणमा पेस नभएका कारण सेयरधनीलाई बोनस बाँड्न सकेको छैन। यसका साथै कम्पनीले साधारणसभासमेत केही वर्षदेखिको गर्नै बाँकी छ। 

त्यस्तै गत वर्ष दोस्रो बढी नाफा कमाउनेमा नेको इन्स्योरेन्स रहेको छ। नेकोले ५५ करोड ३१ लाख रुपैयाँ नाफा कमाउँदा तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४५ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ। 

शिखरले ४० करोड ३१ लाख रुपैयाँ, हिमालयन एभरेस्टले ४० करोड ६ लाख, ओरियण्टलले ४० करोड १ लाख रुपैयाँ (नेप्सेमा सूचीकृत नभएको), नेपाल इन्स्योरेन्सले ४० करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरले ३६ करोड ३५ लाख रुपैयाँ, सानिमा जीआईसीले २८ करोड १ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २६ करोड १० लाख रुपैयाँ, प्रभुले २४ करोड १० लाख रुपैयाँ र एनएलजीले २४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। 

त्यस्तै गत आर्थिक वर्षमा सबैभन्दा थोरै नाफा कमाउने कम्पनीमा नेसनल इन्स्योरेन्स रहेको छ। तर, नेसनल इन्स्योरेन्स भारतीय कम्पनी भएका कारण नेप्सेमा सूचीकृत रहेको छैन। 

नेप्सेमा सूचीकृतमध्ये सबैभन्दा थोरै नाफा कमाउेनमा युनाइटेड अजोडले जम्मा २० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

निर्जीवन बीमा कम्पनीहरुको वितरित अधिकतम बोनस हिस्ट्री 

निर्जीवन बीमा कम्पनीहरुले विगतका वर्षमा आफ्ना सेयरधनीलाई उत्कृष्ट लाभांश बाँड्दै आइरहेको छ। गत वर्षमा १२ वटा कम्पनी मर्ज भई बनेको ६ कम्पनी व्यवसायमा अझ अब्बल भएका छन्। मर्जरमा गएका साबिकका कम्पनीहरुले विगतमा आफ्ना सेयरधनीलाई उत्कृष्ट बोनस बाँडेका थिए। 

कम्पनीहरुले आर्थिक वर्षभरि कमाएको नाफाका आधारमा बोनस वितरण गर्ने गरेका छन्। नाफाकै आधारमा हेर्ने हो भने साबिक सगरमाथा इन्स्योरेन्स (हाल सगरमाथा लुम्बनी)ले आर्थिक वर्ष २०६८–६९मा सेयरधनीलाई १०० प्रतिशत बोनस वितरण गरेको थियो भने त्यसयता आर्थिक वर्ष २०७१–७२ मा २३.७५ प्रतिशत बोनस बाँडेको थियो। 

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको साविक लुम्बिनी जनरलले पनि आव २०७२–७३ मा सेयरधनीलाई १८.१८ प्रतिशत लाभांश वितरण गरेको थियो। 

त्यस्तै शिखरले आर्थिक वर्ष २०७२–७३ मा ६० प्रतिशत, नेको इन्योरेन्सले आर्थिक वर्ष २०७२–७३ मा २० प्रतिशत, एनएलजीले दुई आर्थिक वर्ष २०७२–७३ र ७३–७४ मा २५ प्रतिशत र नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ मा ११ प्रतिशतसम्म बोनस वितरण गरेको थियो। 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साविक सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७२–७३ मा ३० प्रतिशत र प्रिमियरले आर्थिक वर्ष २०७४–७५ मा ७९.७९ प्रतिशत बोनस बाँडेको थियो। 

यसका साथै साबिक प्रुडेन्सियलले आर्थिक वर्ष २०७२–७३ र २०७३–७४ मा २० प्रतिशत, साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७२–७३ मा २०–२० प्रतिशत, साबिक युनाइटेड इन्स्योरेन्सले आर्थिक वर्ष २०७१–७२ मा २० प्रतिशत र प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७३–७४ मा १९.२० प्रतिशतसम्म बोनस वितरण गरेको थियो। 

विगतमा वर्षमा राम्रै बोनस बाँडे पनि निर्जीवन बीमा कम्पनीहरुले केही वर्षयता भने सेयरधनीलाई चित्तबुझ्दो बोनस वितरण गर्न सकेका छैनन्। विगत वर्षमा कम्पनीहरुको चुक्तापुँजी थोरै र मुनाफा आर्जन बढी हुँदा उत्कृष्ट बोनस बाँड्ने गर्थे। तर, केही वर्षयता कम्पनीहरुको चुक्तापुँजी वृद्धिसँगै नाफामा समेत संकुचन आएका कारण लाभांश क्षमतासमेत घट्दै गइरहेको छ। 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.