मंगलवार, आश्विन १,२०८१ 01:23:13
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:23:13
IME remit
Global IME Bank Limited

मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत

Hyundai Nepal
मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उपलक्षयमा नेपाल सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरुप कार्यत्रपत्र प्रस्तुती गरिएको छ ।  

सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्रि रामनाथ अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढि सरोकारवालाहरुको उपस्थितिमा कार्यत्रपत्र प्रस्तुती सहित विभिन्न क्षेत्रका वक्ताहरुले कार्यपत्रमाथि धारणा राखेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उक्त अवसरमा मन्त्रि अधिकारीले न्यून आय भएका किसान र सरकारबीच जोडि कृषकहरुको आयस्तर वृद्धि गर्नको लागि नीजि क्षेत्र र सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै नीजि क्षेत्रको लगानीलाई आकर्षित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।  

त्यस्तै उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनिकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने र चक्लाबन्दि र सामुहिक खेतिलाई प्रवर्द्धन गर्ने मुख्य प्राथमिकतामा राखेको जानकारी दिए ।  

त्यस्तै, कार्यपत्र माथि आफ्ना दृष्टिकोण राख्ने क्रममा वक्ताहरुले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरु औद्योगिक आयोजनाको विकासमा, स्थानिय सरकारहरु उत्पादन र वितरणमा, नीजि क्षेत्र प्रविधि प्रसार, उद्योगहरुको सञ्चालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्ताहरुलाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रुपमा र विकास साझेदारहरु क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्ने विषयमा जोड दिएका थिए ।  

त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य डा. जय वहादुर टण्डनले नीजि क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनु पर्नेमा जोड दिए । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X