बिहीबार, आश्विन ३,२०८१ 07:04:18
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:04:18
IME remit
Global IME Bank Limited

नाडा अटो शो सम्पन्नः ८२ हजार बढीले गरे अवलोकन, ६ हजार युनिट सवारी बुकिङ

Hyundai Nepal
नाडा अटो शो सम्पन्नः ८२ हजार बढीले गरे अवलोकन, ६ हजार युनिट सवारी बुकिङ
Nabil Bank Limited

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले आयोजना गरेको १६औं संस्करणको ‘नाडा अटो शो २०२४’ सम्पन्न भएको छ । नाडाले गत भदौ ११ गतेदेखि सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गरेको थियो ।  

राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको उक्त ६ दिने अटो शो आइतबार सम्पन्न भएको हो । यसपटकको नाडा अटो शोमा ८२ हजार ४७० जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजनकले शो सुरु हुनुअघि करिब ७५ हजार आगन्तुकहरूले शो अवलोकन गर्ने लक्ष्य राखेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

आयोजकका अनुसार अटो सो सुरु भएको पहिलो १० हजार, दोस्रो दिन १५ हजार, तेस्रो दिन बिहीबार १५ हजार ५ सय, चौथो दिन १७ हजार २ सय, ५ औं दिन १८ हजार ४९७ र अन्तिम दिन ८ हजार ४ सय ५५ जना अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेका थिए ।  

६ दिन सञ्चालन भएको शोमा करिब १५ अर्ब रुपैयाँबराबरको कारोबार भएको आयोजकले दाबी गरेको छ । यस्तै सवारी साधनको बुकिङमा समेत यो वर्ष उत्साह देखिएको नाडाले जनाएको छ । नाडाका अनुसार शो अवधिभर ४ हजार युनिट चारपाङग्रे र २ हजार युनिट दुई पाङ्ग्रे गरी ६ हजार युनिट सवारी साधन बुकिङ भएको छ ।  

यसपालिको अटो शोमा विद्युतीय र पेट्रोल तथा डिजेल गाडी दुवैमा दर्शकको राम्रो आकर्षण देखिएको थियो । शोको अवसर पारेर विभिन्न कम्पनीले नयाँ ब्रान्ड लन्च गर्नुका साथै विभिन्न छुट योजना समेत ल्याएका थिए । नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको अवस्थामा नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।  

अटो शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायेजकको रुपमा रहेका थिए ।  यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ वटा दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएका थिए ।  

नाडा अटो शो २०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रम समेतको आयोजना गरेको थियो । नाडा केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमा रक्तदान गर्न चाहने कूल १२८ जना मध्ये योग्य ठहरिएका ६३ जनाले रक्तदान गरेका थिए । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.