काठमाण्डौ । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ।जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो ।
यसै साता हायात रिजेन्सि काठमाण्डौमा भव्य समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एशियाका रिजनल डिरेक्टर फेलिक्सहु, जिकर ग्लोबल आफ्टर सेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशक द्वय प्रदीप शारडा र गौरव शारडा, र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरूको भव्य उपस्थिती थियो ।
मिडिया पर्सनालिटि सदिक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रमको औपचारिक सुरुवात आमन्त्रित व्यक्तित्व तथा अतिथिहरुको अभिनन्दनसहित राष्ट्रिय गान बजाउँदै, देवेन्द्र दाहाल, शिव रतन शारडा, फेलिक्सहु, एस्टोर झाओ, र सन्दीप कुमार शारडाद्वारा पानसमा बत्ती बालेर गरिएको थियो ।
प्रमुख अतिथि दाहाल र शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभि ‘जिकर एक्स’को पहिलोपटक अनावरण गरिएको थियो । त्यसैगरी नयाँ जिकर एक्ससँगै सहभागी तथा अतिथिहरूको फोटोसुट सेसन पनि सम्पन्न भएको थियो । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो। यो प्रिमियम एसयुभिमा ‘भोल्भोइ एक्स थर्टी’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ । जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्छ।