काठमाण्डौ । भारतीय धनाढ्यको कम्पनी अडाणी ग्रुपले डलर बोन्ड जारी बिक्रीबाट १.५ अर्ब डलर जुटाउने भएको छ । यसका लागि ग्रुपले विश्वका १० वटा बैंकहरुसँग छलफल गरिरहेको ब्लुमबर्गले जनाएको छ ।
यो बोन्ड अडाणी ग्रिन इनर्जी र अडाणी इनर्जी सोलुसन्सअन्तर्गत जारी गरिनेछ । यो बोन्ड आगाी फेब्रुअरीसम्म जारी गरिनेछ । यसका लागि जापान, युरोप र मध्यपूर्वका बैंकहरुसँग छलफल भईरहेको रिपोर्टमा उल्लेख छ ।
यस विषयमा विस्तृत जानकारी भने आएको छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।