मंगलवार, असार १७,२०८२ 02:04:10
  • मंगलवार, असार १७,२०८२ 02:04:10
Global IME Bank Limited

सौर्य एयरलाइन्सको जहाज तौलको सन्तुलन नमिल्दा दुर्घटनामा परेको खुलासा

Hyundai Nepal
सौर्य एयरलाइन्सको जहाज तौलको सन्तुलन नमिल्दा दुर्घटनामा परेको खुलासा
Nabil Bank Limited

काठमाण्डौ । सौर्य एयरलाइन्सको विमान दुर्घटना तौलको सन्तुलन नमिलेका कारण भएको खुलासा भएको छ । गत साउन ९ गते त्रिभुवन विमानस्थलमा भएको सोर्यको जहाजको दुर्घटना बारे अध्ययन गर्न गठित समितिले यस्तो खुलासा गरेको हो ।  

समितिले तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेकाले विमान दुर्घना भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको उल्लेख गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रतिवेदनमा मर्मतका लागि राखिएका सामग्री नबाँधेर राखेका कारण सबैतिर तौलको सन्तुलन नमिलेका कारण जहाज टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । टेकअफ गर्दा विमानको तौल ब्यागेजसहित १८  हजार १३२ किलो थियो । यसका अतिरिक्त विमानमा २००० किलो इन्धन पनि थियो ।  

अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

‘गत साउन ९ गते काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ः११ बजे उड्ने वित्तीकै विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा विमानका क्याप्टेन भने बाच्न सफल भएका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.