शनिबार, फाल्गुन १०,२०८१ 09:38:04
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:38:04
IME remit
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको सक्कल कागज पेश गर्न धितोपत्र बोर्डलाई पाटन अदालतको आदेश

Hyundai Nepal
रिलायन्स स्पिनिङ मिल्सको सक्कल कागज पेश गर्न धितोपत्र बोर्डलाई पाटन अदालतको आदेश
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवादको अर्को सुनुवाई असोज २ गते हुने भएको छ । उच्च अदालत पाटनले धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सक्कल कागज पेश गर्न आदेश दिदैं असोज २ गतेका लागि सुनुवाई राखेको छ । निवेदक हरिबहादुर केसीले दिएको निबेदनमा अदालतले यस्तो आदेश दिएको हो ।  

धितोपत्र बोर्डले रिलायन्स स्पिनिङलाई गत असार १२ गते बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न स्वीकृति दिएको थियो । उक्त स्वीकृति के आधारमा दिएको हो ? भनि अदालतले धितोपत्र बोर्डसँग सक्कल कागज माग गरेको छ । यस अघि धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई रिलायन्स स्पिनिङ मिल्सको विषयमा सूचना दिन समेत अटेरी गरेको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यससँगै रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशनको विषय झनै पेचिलो बनेको छ ।  

कम्पनीले अस्वभाविक मूल्य तोकेर आईपीओ निष्काशन गर्ने विषयको तीव्र विरोध भएपछि अन्तिम अवस्थामा आईपीओ निष्काशन स्थगन भएको थियो ।  

त्यसपछि धितोपत्र बोर्डले यो विषयमा थप अध्ययन भएको दाबी गरेको थियो । बोर्डले थप अध्ययन गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई प्रतिवेदन दिई थप अनुसन्धान गर्न भनेको थियो ।  

धितोपत्र बोर्डले आफूले प्रतिवेदन दिंदा रिलायन्सको आईपीओ निष्काशन तथा स्वीकृतिको प्रक्रियामा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि सीआईबीले समेत सोही प्रतिवेदनलाई सदर गर्दै थप अनुसन्धान आवश्यक नरहेको निष्कर्ष निकालेको थियो । धितोपत्र बोर्ड र सीआईबीको पछिल्लो निष्कर्ष नै शंकास्पद देखिए पछि लगानीकर्ताहरु अदालत पुगेका छन् ।  

कम्पनीले गत माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।  

कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारणलाई कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर प्रतिकित्ता रु.८२०.८० मा आईपीओ जारी गर्ने तयारी गरेको थियो ।

कम्पनीले बुक बिल्डिङमार्फत हाल कायम चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कुल निष्काशनमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको थियो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.