शनिबार, बैशाख ५,२०८३ 02:46:03
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 02:46:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लर्ड बुद्ध एजुकेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीले पाए रोजगारी

Bizshala
लर्ड बुद्ध एजुकेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीले पाए रोजगारी
Shivam Cement

काठमाण्डौ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् ।

छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आइटी कम्पनीहरू र करिब १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विद्यार्थीहरूले सम्भावित रोजगारदाताहरूसँग अन्तरक्रिया गर्ने, आफ्नो सीपहरू प्रदर्शन गर्ने र इन्टर्नसिपका साथै रोजगारी पक्का गर्ने मौका पाएका थिए ।  

प्राविधिक क्षेत्रमा विभिन्न प्रकारका उद्योगहरूको प्रतिनिधित्व गर्दै सहभागी कम्पनीहरूले  उम्मेदवारहरूको क्षमताप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।  

शिक्षा र उद्योग बिचको खाडललाई कम गर्ने आफ्नो प्रतिबद्धतालाई कार्यक्रमले जोड दिएको फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले जानकारी दिए ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले शिक्षा र उद्योगबीचको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.