Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 08:55:46
Bizshala
Global IME Bank Limited

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने, हात खाली नजाने उपहारको व्यवस्था

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने, हात खाली नजाने उपहारको व्यवस्था
New Office

 काठमाण्डौ । नेपालको लागि केई अटो मोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले भदौ २९ र ३० गते ‘एक्सपिरियन्स केई’ नामक कार्याक्रम आयोजना गर्ने लागेको हो ।  

भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट–भटेनी नक्शालमा गई केईको इलेक्ट्रीक एसयूभी एक्स थ्रि प्रो ईभी इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 टेष्ट ड्राइभ गर्न सकिनेछ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ र सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को कोmixer grinder प्राप्त गर्नेछन।  

इच्छुक महानुभावले केईको शोरुम गई यस योजनामा सहभागी भइ टेस्ट–ड्राइभ गर्न सक्नेछन् ।  

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चिनियाँ ब्रान्ड हो । जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो। तत्पश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ । हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस,काठमाण्डौस्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.