शुक्रबार, आश्विन ४,२०८१ 09:26:54
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 09:26:54
IME remit
Global IME Bank Limited

आँखुखोला जलविद्युतले १७.५० लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
आँखुखोला जलविद्युतले १७.५० लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेले १७ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी असोज ११ गतेदेखि १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्न लागेको हो ।

कम्पनीले असार ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ कित्ता सेयरबराबर नयाँ १.५ कित्ता ९(१ः१.५) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना सेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।  

कम्पनीले असोज ११ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउन लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Shivam Cement

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखा कार्यालयहरु,विर्तामोड, विरगञ्ज, हेटौडा, जावलाखेल,लेकसाइड,नेपालगञ्ज,सुर्खेत र धनगढीमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज २० गते रहेको छ । 

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.