बिहीबार, श्रावण ७,२०८३ 05:03:16
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 05:03:16
Bizshala
Global IME Bank Limited

मुडिजले बढायो भारतको जीडीपी ग्रोथको अनुमान, मुद्रास्फिति नेपालभन्दा कम हुने

मुडिजले बढायो भारतको जीडीपी ग्रोथको अनुमान, मुद्रास्फिति नेपालभन्दा कम हुने
New Office

काठमाण्डौ । ग्लोबल रेटिङ एजेन्सी मूडीजले क्यालेन्डर वर्ष २०२४ को लागि भारतको सकल घरेलु अर्थात जीडीपी वृद्धि अनुमान ७.१ प्रतिशत पुर्‍याएको छ।  

यसअघि मुडीजले भारतको जीडीपी वृद्धि अनुमान ६.१ प्रतिशतबाट ६.८ प्रतिशतमा पुर्याएको थियो।

जबकि मुडीजले सन् २०२५ को लागि भारतको जीडीपी वृद्धि प्रक्षेपण ६.५ प्रतिशत मात्र राखेको छ। यसबाहेक, एजेन्सीले २०२६ का लागि भारतको जीडीपी वृद्धि ६.६ प्रतिशत अनुमान गरेको छ।

जूनमा मुडीजले भारतको अर्थतन्त्र सन् २०२६ मा ६.२ प्रतिशतमा सुस्तिने बताएको थियो।  

यो फर्मले मुद्रास्फीतिका लागि राम्रो नतिजा पनि भविष्यवाणी गरेको छ। यति मात्र होइन, एजेन्सीले भारतको मुद्रास्फीति अनुमान पनि ५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशतमा झारेको छ।

जुलाई र अगस्टमा भारतको मुद्रास्फीति ४ प्रतिशतभन्दा तल रहेको छ । एजेन्सीले २०२५ र २०२६ मा भारतको मुद्रास्फीति ४.५ र ४.१ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।  

भारतको केन्द्रीय बैंक आरबीआईले २०२५ का लागि मुद्रास्फिति घटेर ४.५ प्रतिशत हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ ।  

भारतीय सञ्चारमाध्यमका अनुसार केन्द्रीय बैंकले आगामी बैठकमा ब्याजदरमा कुनै परिवर्तन गर्ने सम्भावना छैन । २५ आधार बिन्दुको पहिलो कटौती डिसेम्बरमा हुने सम्भावना छ।

यसैबीच, अमेरिकाको फेडरल रिजर्भ बैंकले हालै मन्दीको डर हटाउन नीतिगत दरलाई ५० आधार अंकले घटाएको थियो। यस्ता घटनाक्रमले समेत भारतको जीडीपी वृद्धिदर बढ्ने अनुमान गरिएको अड्कलबाजी गर्न सकिन्छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.