शनिबार, आश्विन ३,२०८३ 04:01:18
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 04:01:18
Bizshala
Global IME Bank Limited

दशैंका लागि आजदेखि सुकिला नोट सटही गर्न सकिने

दशैंका लागि आजदेखि सुकिला नोट सटही गर्न सकिने
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी आजदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ ।  

दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

यसका साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।  

Muktinath Bikas Bank Limited

हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपालि नयाँ नोटको साटो सुकिला नोटमात्रै उपलब्ध गराउन लागेको हो । यस पटक राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय कै हाराहारीमा नोट सहटी गर्न मिल्ने व्यवस्था गर्दैछ ।  

राष्ट्र बैंकले दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिने छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.