मंगलवार, भाद्र ३०,२०८३ 07:03:25
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 07:03:25
Bizshala
Global IME Bank Limited

सिप्रदीको दशैं अफर: सबै टाटा बसहरुका लागि गोंगबुमा निःशुल्क चेकअप सुविधा

सिप्रदीको दशैं अफर: सबै टाटा बसहरुका लागि गोंगबुमा निःशुल्क चेकअप सुविधा
New Office

 काठमाण्डौ । नेपालीहरुको माहन चाडपर्वहरु नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा धेरै हुने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भए मात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।

त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले सिप्रदी टेडिङ्ग प्रा.लि.ले सम्पूर्ण टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प संचालन गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

गोगंबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरुको बम्पर टू बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरी सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था गरिएको सिप्रदीले एक विज्ञप्तिमार्फत जनाएको हो ।  

चाडबाडको बेला हाइवेमा अचानक आइपर्नसक्ने समस्याहरुको समाधानका लागि पनि २४ घण्टा सातैदिन सिप्रदीको टोल फ्री सेवामार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स् सेवाको साथमा सम्पूर्ण सर्भिस सेन्टरहरु पनि खुल्ला राखी सर्भिस तथा मर्मत सम्भार सम्बन्धी पूर्ण सेवा उपलब्ध गराउने व्यवस्था कम्पनीले गरेको छ।

Muktinath Bikas Bank Limited

यसका साथै असोज २२ गतेसम्मका लागि सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा टाटा कमर्सियल गाडीहरुको लागि शुभकामना सर्भिस क्याम्पको आयोजना पनि गरिएको बताइएको छ । त्यस अवधिमा टाटा जेन्यूइन पार्ट्स, ल्यूब्रिकेन्टस् तथा लेवर चार्जहरुमा १५ देखि ५० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्ने अवसर समेत प्रदान गरिएको सिप्रदीले जनाएको छ ।  

यस अवधिमा देशभरिबाट ५००० भन्दा बढी गाडीहरुको चेकअप गर्ने कम्पनीको लक्ष्य छ ।  

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.